Close This

भट्टको हत्या प्रकरणमा थप दुईजना पक्राउ

मंगलबार माघ ८, २०७५/ Tuesday 01-22-19
Paschim Today

कैलाली, ८ माघ । 
कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरियामा २० वर्षीय युवक अरुण भट्टको हत्यामा संलग्न रहेको आरोपमा थप दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली गोदावरी नगरपालिका–२  बस्ने १९ वर्षीय विरेन्द्र शाह र र २० वर्षीय प्रमेश मगरलाई प्रहरीले पक्राउ परेको हो ।

शाहलाई गोदावरी नगरपालिका–२ र मगरलाई धनगढीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले जानकारी दिए । उनका अनुसार शाह र मगरले भट्टलाई धारिलो हतियार प्रहार गरी फरार रहेको अस्थामा पक्राउ गरिएको हो ।

यसअघि प्रहरीले मुख्य अभियुक्तसहित चार जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा मुख्य अभियुक्त गोदावरी नगरपालिका–२ शिवशक्ति टोलका २१ वर्षीय विनोद ऐर, सहयोगीको भूमिका निर्वाह गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–३ बोडाडाडीका २२ वर्षीय डेविटसिंह ऐर, भजनी नगरपालिका–२ घर भइ हाल धनगढी–२ मा बस्ने २१ वर्षीया मञ्जु चौधरी खड्का र धनगढी–१३ शिवटोलका २१ वर्षीय लोकेश खत्री छन् ।

घटनाका मुख्य दोषीलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा १७७ बमोजिम जन्मकैद हुने जनाइएको छ ।

यसैगरी, अभियुक्तलाई भगाउने र लुकाउने कार्यमा संलग्न मतियारलाई सोही संहिताको दफा ३६ बमोजिम मुख्य अभियुक्तलाई हुने सजायको आधा सजाय हुने र दफा १८६ बमोजिम पीडित पक्षलाई उचित क्षतिपूर्ति दिइनु पर्ने व्यवस्था छ । ईमेज खबरबाट