Close This

अवको मिसन : विकास पत्रकारिता 

नेपालका सन्दर्भमा भने सञ्चार क्षेत्रमै विकास वारेको बुझाइ नै कमजोर छ । फलस्वरूप सञ्चारमाध्यमहरूले नेपाली समाजको रूपान्तरण वा विकासमा ठोस योगदान पु¥याउन सकिरहेका छैनन् । नेपाली समाजमा बौद्धिक पूर्वाधार जस्तो कि साक्षरता र शिक्षाको गुणस्तरसमेत उदेकलाग्दो छ

बिहीबार माघ २४, २०७५/ Thursday 02-07-19
Paschim Today

टेकेन्द्र देउवा / कुनैपनि देश र त्यहाँका नागरिकको विकासका लागि सञ्चारको भूमिका एकदमै महत्वपूर्ण मानिन्छ । सूचनाको प्रयोगले समस्याको गहिराई बुझ्न मात्र हैन बरू एकअर्कासँग अन्तरक्रिया गर्ने र समस्याको समाधान खोज्ने समेत गर्छन् । नेपालका सन्दर्भमा भने सञ्चार क्षेत्रमै विकास वारेको बुझाइ नै कमजोर छ । फलस्वरूप सञ्चारमाध्यमहरूले नेपाली समाजको रूपान्तरण वा विकासमा ठोस योगदान पु¥याउन सकिरहेका छैनन् । नेपाली समाजमा बौद्धिक पूर्वाधार जस्तो कि साक्षरता र शिक्षाको गुणस्तरसमेत उदेकलाग्दो छ । सञ्चारकर्मीले पस्किने सूचना र आम पाठकले त्यसलाई उपभोग गर्ने शैलीवीच तालमेल नहुदा विकास सञ्चार वा पत्रकारिताले मौलाउने अवसर पाएको छैन । नेपाल जस्तो विकासोन्मुख देशका लागि त विकास पत्रकारीता मिसनकै रुपमा थाल्नु पर्ने देखिन्छ ।  विकासम्बन्धी सञ्चारविज्ञहरू विकास पत्रकारिताले गरिव, निमुखा, वञ्चित र पछाडि पारिएका आममानिसहरूको आवश्यकतामा जोड दिनुपर्ने र उनीहरूलाई विकासको योजनामा  प्रभावकारी रूपमा सहभागि गराउने विषयमा एकमत छन् । 


विकास पत्रकारीताको सुरुवात :
दोस्रो विश्वयुद्ध ल्याटिन अमेरिकी, एसियाली र अफ्रिकी मुलुकहरूका लागि निकै ठूलो सिकाईको बिषय बन्यो । त्यही भएर भातृत्व, विश्व शान्ति, मानव जातीको समग्र विकास र समृद्धीको लागि भन्दै सन् १९४५ अक्टोवर २४ मा संयुक्त राष्ट्र संघको स्थापना भयो । खास गरेर सन् १९५० को दशक पछि गरिवी, निरक्षरता, कमजोर स्वास्थ्य तथा आर्थिक, राजनीतिक र सामाजिक पूर्वाधारहरूसँग गर्नुपरेको पीडादायी संघर्षबारेको सूचना सञ्चारमाध्यममार्फत सम्प्रेषणका लागि गरिएको प्रयासबाट नै विकास पत्रकारिताले मौलाउने अवसर पाएको देखिन्छ ।
पत्रकारीतामा सन् १९६७ मा पहिलोपटक विकास पत्रकारिता शब्दको प्रयोग गर्ने एलन चल्क्ली हुन । उनको विचारमा विकास पत्रकारिताको लक्ष्य पाठकलाई विकासबारे सूचना र तथ्य पस्किनु हो । त्यसो त सबैखाले राष्ट्रिय विकास आर्थिक विकासमा भर पर्दछ । विकास पत्रकारले आर्थिक सूचकबारे जानकारी लिनु पनि अनिवार्य छ । यसका लागि विकास पत्रकारले सरल शब्दहरूको प्रयोग गर्नु जरूरी हुन्छ । जटील शब्दहरूको प्रयोगले विकासबारेको समझदारीमा समस्या सिर्जना गर्दछ । भिलानिलम (सन् १९७५) का अनुसार विकास पत्रकारिता विकासोन्मुख राष्ट्रहरूका लागि गरिने विकासको प्रक्रियाका तत्वहरूको विश्लेषणात्मक अध्ययन हो । विकास पत्रकारिताका अर्का विज्ञ रोगर्सका अनुसार विकास पत्रकारिता जनताले आफ्नो जीवनशैली परिवर्तन गर्न गरेको प्रयासमाथिको जोड हो । चाहे त्यो प्रयास उनीहरू सरकारसँगै गरून वा एक्लै (रोगर्स सन् १९८६) । अर्का विज्ञ ओगन     (१९८२) विकास पत्रकारिता विकाससम्बन्धी समसामयिक कार्यक्रम र गतिविधिबारेको समीक्षात्मक अवलोकन हो भनेका छन् । यहाँ पत्रकारले विकासका कार्यक्रमले आमपाठक लगायत सरोकारवाला सवैमा पार्ने प्रभावबारे आलोचनात्मक निगरानी गर्दछन् । विकास सम्बन्धी समाचारले विकासबारे राम्रो र नराम्रो दुवै विषयका कथा सम्प्रेषण गर्नुपर्दछ । समग्रमा विकासका कार्यक्रमले आममानिसको जीवनशैलीमा पार्नसक्ने प्रभावको अवलोकन र ती कार्यक्रम सफल वा असफल हुनुको कारणको खोजी गरी समाचार सम्प्रेषण गर्नु नै विकास पत्रकारिता हो ।
विकास पत्रकारिताको अवधारणाबारे दर्शनशास्त्रीय व्याख्या पनि हुने गरेको छ । विकास पत्रकारिताको आम परिभाषा भन्दा केही पृथक विचार राख्छन् प्रसिद्ध भारतीय पत्रकार निखिल चक्रवर्ती (१९८३) । परिश्रममार्फत राष्ट्रलाई सम्वृद्ध बनाउने मानिसका कथाहरू विकास पत्रकारिताका मुख्य मुद्दा हुनुपर्नेमा जोड दिदै  चक्रवर्ती भन्छन् ‘ विकास पत्रकारिता  विकासका मुद्दाको एकहोरो समाचार सम्प्रेषण मात्र होइन । यो त परिश्रमी हातहरूले राष्ट्रलाई सम्बृद्ध बनाउन खर्चिएको पसिनाको अवलोकन हो ।” पसिना चुहाउँदै देशका लागि सम्पतिको आर्जन गर्ने परिश्रमी हातहरूलाई विकासको मूलधारमा ल्याउन मिडियाले समीक्षात्मक समाचार पस्किनु पर्दछ । विकास पत्रकारले आम मानिसको मिहेनतमा विश्वास गर्नुपर्दछ । त्यसो भएको खण्डमा उसले आम मानिसका सुखदुःखमा समेत साथ दिनसक्दछ ।
समय, संस्कृति, दर्शन र भूगोलका आधारमा विकास पत्रकारिताका भिन्नभिन्न परिभाषाहरू उद्धृत छन् । धेरैजसो विज्ञले विकासलाई प्रक्रियाको रूपमा लिदै पत्रकारिताको अभ्यासलाई पनि प्रक्रियाकै रूपमा ब्याख्या गरेका छन् ।  परिभाषा जसरी गरिएपनि विकास पत्रकारिता आममानिसका लागि गुणस्तरीय जीवनशैली कायम गर्न विकासको प्रक्रियामा केन्द्रित हुनुपर्दछ । विकास पत्रकारिताले जनतासँग सरोकार राख्दछ । विकास पत्रकारिताको महत्वपूर्ण पक्ष भनेको नयाँ विधि र प्रविधिको प्रयोग गरी आफु र समाजलाई सहयोग पु¥याउने व्यक्तिका सफलताका कथाहरू सम्प्रेषण गर्नु नै हो ।


विकास पत्रकारीता किन ?
विकासको चर्चा हुनेवित्तिकै भौतिक संरचनासँग जोडेर हेर्ने गरिन्छ ।  पत्रकारितामा भौतिक संरचनासँग जोडिएका विकासको समाचार, लेख रचना, टिप्पणी, विश्लेषण गर्नासाथ विकास पत्रकारिता भनेर अथ्र्याइन्छ ।  सरसर्ती हेर्दा यही नै होजस्तो भान हुन्छ तर सबै चीज यत्तिमै सीमित छैन ।  हिजोको व्याख्या विश्लेषण र आजको विश्लेषण, परिभाषामा भिन्नता छ ।  विकासलाई सतही रूपमा मात्र बुझ्ने कि त्यसलाई गहिरिएर बुझ्ने भन्नेमा फरक छ ।  शहरीया शिक्षित, पढेलेखेको व्यक्तिले बुझ्ने विकास, नीति निर्माताले बुझ्ने विकास र गाउँको सामान्य खेती किसानीले जीवन धान्ने किसानले बुझ्ने विकासमा अवश्य फरक छ ।  ठूलाठूला भवन निर्माण, पुलपुलेसा, क्याम्पस, शिक्षालय, कलकारखाना, अस्पताल, सडक बत्ती, नहर, कुलोपानी, रोजगारी, शहरीकरण, खानेपानी, सिंचाइको व्यवस्था हुनुलाई नै सतहीरूपमा हामी विकास भन्दछौं ।
तर विकासको अर्थ मान्छे र समाजलाई खुसी पार्ने हुनुपर्छ ।  मान्छे दुःखी भएर विकासको अर्थ रहँदैन । शतप्रतिशत सबै मानिसलाई विकासबाट खुसी पार्न सकिन्छ भन्ने होइन ।  विचार र उसको प्रवृत्तिले विकासको परिभाषालाई फरक पारिदिन्छ ।  त्यसैले विकासको अर्थ बहुआयामिक छ ।  कसलाई विकास भन्ने ? के भयो भने पूर्ण विकास हुन्छ ? परिभाषा अझै विश्वव्यापीरूपमा दिन सकिएको छैन  । तथापि विकास त्यस्तो हुनुपर्छ जसबाट बहुसंख्यकको हित होस, धेरैलाई लाभान्वित गरोस् ।  धेरैलाई सन्तुष्टि मिलोेस् ।  उसो त विकास सबै पक्षसँग जोडिन्छ ।  शिक्षा, मनोरन्जन, कृषि, रोजगार, संस्कृति, समाज, राजनीति, धर्म, शहर, गाउँ, व्यक्ति, समाज, देश, राष्ट्र, राज्य आदि ।  कुनै एक पक्षको विकास नहुँदा समाज अघि बढ्न सक्दैन ।  समाजको सन्तुलित विकासविना देश र राष्ट्रको विकास सम्भव हुँदैन ।  व्यक्ति र समाजको चाहनाअनुरूप विकासको व्याख्या गर्ने प्रवृत्ति   छ ।  
गरिबी तथा भोक उन्मुलन, शिक्षामा पहुँच, लैङ्गिक समानता तथा महिला सशक्तीकरण, बालमृत्युमा न्यूनीकरण, मातृ स्वास्थ्यमा सुधार, वातावरणीय दिगोपनको प्रत्याभूति, एचआईभी÷एड्स, औलो तथा अन्य रोगविरूद्ध सङ्घर्ष र विकासका लागि विश्वव्यापी साझेदारीको विकास प्रायः सबै राष्ट्र एक भएका छन् । वर्तमान परिवेशमा नेपालका सन्दर्भमा विकास पत्रकारले बुझ्नुपर्ने प्रशस्त विषय छन् । तीमध्ये गरिबी निवारण, बेरोजगारी, अशिक्षा, हिमाली र पहाडी क्षेत्रमा भोकमरी, स्वास्थ्य सेवामा पहुँच, यातायात, सञ्चार, विद्युत् आदि जल्दाबल्दा छन् । अर्कोतर्फ मानव विकासका एजेण्डाजस्तो कि मानवअधिकार, शान्ति, समानता, महिला सशक्तीकरण, साधनस्रोतमा पहुँच आदि पनि मिडियाले समीक्षात्मक रूपले उठाउनुपर्ने विषय हुन् । यी विषयबारे समाचार प्रकाशन वा प्रसारण नभएको पनि होइन । नियमित निगरानी र विश्लेषणात्मक प्रस्तुतिमा भने पत्रकार चुकेका छन् । 
मानवीय विकास, लैङ्गिक विकास, वातावरण व्यवस्थापन, निजी क्षेत्रको विकास तथा क्षेत्रीय समन्वयले गरिबी निवारणमा पु¥याउन सक्ने योगदानबारे पनि नियमित समाचार र निगरानी अहिलेको आवश्यकता हो । भौतिक तथा सामाजिक पूर्वाधारमा लगानी, सुशासनको प्रवद्र्धन, उच्च आर्थिक वृद्धिका लागि अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता, ऊर्जा, कृषि, सुशासन र वित्तीय क्षेत्र, पिछडिएका समूहमा सेवा प्रवाह, सामाजिक सेवाबाट वञ्चित रहँदै आएका समुदायलाई लक्षित कार्यक्रमजस्ता विषयलाई मुख्य प्राथमिकता दिँदै समीक्षात्मक निगरानी बढाउनु आवश्यक छ । सामुदायिक खानेपानी तथा सरसफाइ आयोजना, ग्रामीण लघुवित्त आयोजना र शैक्षिक सुविधाबाट वञ्चित रहेका समूह, अल्पसङ्ख्यक जनजाति तथा बाललिकाका लागि समानुपातिकरूपले पढ्नेलेख्ने वातावरण सिर्जना गर्ने किसिमको शैक्षिक लगानीजस्ता मुद्दाको कायक्रम र कार्यान्वयन पक्षबारे पनि नियमित समाचार सम्प्रेषण हुनु जरुरी छ । 
नेपाली पत्रकारीता बिभिन्न कालखण्डमा भिन्न परिस्थीतिको सामना गर्दै अहिलेको अबस्थामा पुगेको छ । २००७ साल पहिले पत्रकारिताको विकास नै हुन सकेको थिएन भन्दा हुन्छ । औपचारिक रुपमा बिसं १९५८ बैशाख २४ गतेबाट गोर्खापत्रको प्रकाशनबाट सुरु भएपनि नेपाली पत्रकारीतामा विकासका मुद्धाहरु झिनो बाहेक प्राथमिकतामा परेनन् । २००७ साल पछि नेपालमा पत्रकारीता क्षेत्रको विकास हुने वातावरण देखिएपनि २०१७ साल पुस १ गते राजा महेन्द्रले कु गरे । त्यसपछि नेपालमा प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने काम भयो । २०४६ पूर्वको नेपाली पत्रकारीता प्रजातन्त्र प्राप्तीको मिशनमा लाग्यो । २०४६ देखि २०६२÷०६३ सम्म तुलनात्मक रुपमा नेपाली पत्रकारीता ब्यावसायीक बन्दै गएको भएपनि द्धन्द्ध र राजाको प्रत्यक्ष शासनको मारमा प¥यो ।  अहिले भने परिस्थीति बदलीएको छ । देशले जनताका प्रतिनिधीहरुले बनाएको संविधान पाएको छ । संघियतामा आधारीत शासकीय स्वरुपको अभ्यास भैरहेको छ । संविधानले अधितम् अधिकारहरुको सुनिश्चीतता गरेको छ । सबै किसिमका राजनितिक अधिकार प्राप्ती भैसकेको अबस्थामा अव देशलाई विकासको बाटोमा डो¥याउनु छ । त्यसैले विकास पत्रकारीता अवको मिशन बनाईनुपर्छ ।