Close This

महोत्सवमा पन्जावी भाङणा नाँच प्रर्दशन हुने

मंगलबार माघ २९, २०७५/ Tuesday 02-12-19
Paschim Today

विमल  विष्ट, डोटी, २९ माघ ।
डोटी चेक्बर अफ कमर्सले दिपायलको पिपल्लामा आयोजना गर्न लागेको प्रदेशिक महोत्सवमा भारतीय नागरिकले पन्जावी भाङणा नाँच प्रर्दशन गर्ने भएका छन् । भारतका पञ्जाव, लखनऊ, हरियाणा र दिल्ली सहरमा प्रख्यात मानिएको उक्त नाँच देखाउने सहमति गर्नका लागि १ नेपाली र ३ जना भारतीय नागरिक सहतिको टोली सोमबार दिपायल आइपुगेको छ । 
दिपायलमा उक्त टोलीले चेम्वर अफ कमर्सका अध्यक्ष खेगेन्द्र साउँद सहितका पदाधिकारीलाई भेटी सहमति (सम्झौता) समेत गरेको संस्थाका सचिव तेजबहादुर डुम्रेलले बताए । 
त्यस्तै उक्त महोत्सव तथा खप्तड भम्रण गर्नका लागि भारतका भारतको विभिन्न सहरबाट कम्तीमा पनि २० देखी ३० गाडी भारतीय पर्यटक अवलोकनका लागि आउनेसम्झौताका लागि द ग्लोबल इन्स्टीच्युट अफ ईन्फरमेसन टेक्नोलोजी भारतबाट दिपायल आएका बीबी भण्डारीले जानकारी दिए । भारतमा रहेको द ग्लोवल इन्स्टीच्युट अफ ईन्फरमेसन टेक्नोलोजीले भारतीय पर्यटक ल्याउने तथा आफनो इन्स्टीच्युटले गर्ने गरेका गतिविधिका बारेमा समेत महोत्सवमा जानकारी दिने  प्रमुख करनवीर जागराले बताए । उनले भने–“हामी भारतबाट पर्यटक ल्याएर डोटीको खप्तड घुमाउछौँ र चेम्वरको महोत्सबपनि अवलोकन गराउने छौँ ।”
आगामी फागुन १७ गते देखी २७ गते सम्म सञ्चालन हुने उक्त प्रदेशिक महोत्सव तथा खप्तड भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि डोटी चेम्बर अफ कमर्सले दिपायलदेखी खप्तडसम्म हेलिकप्टरको व्यवस्था मिलाएका कारण भारतबाट पनि खप्तड घुम्न पर्यटक आउने भएका हुन् । त्यस्तै महोत्सव समापन पश्चात भारतीय कम्पनीले दिपायलमा चेम्वर अफ कमर्ससँग मिलेर सिभिल इञ्जिनीयर, फायर एण्ड सेफटी, मोबाइल रिपेरिङ तथा होटेल व्यवस्थापन सम्बन्धी तालिम दिने जनाइएको छ ।