Close This

मुख्यमन्त्री भट्टद्वारा सम्मान

बुधबार फागुन १, २०७५/ Wednesday 02-13-19
Paschim Today

धनगढी, १ फागुन । 
नव निर्वाचित निर्माण व्यवसायी संघ कैलालीको विजयी टीमलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बधाइ ज्ञापनका साथै सम्मान गरेका छन् ।
मंगलबार विहान आफ्नै निवासमा संघका पदाधिकारीहरुलाई मुख्यमन्त्री भट्टले सम्मान गरेका हुन । सम्मान गर्दै मुख्यमन्त्री भट्टले समग्र सुदूरपश्चिम प्रदेशको विकासमा निर्माण व्यवसायीहरुको ठूलो भूमिका रहने भन्दै इमान्दार भएर काम गर्न सुझाव दिए । उनले यहाँ निर्माण भैरहेका योजनाहरु गुणस्तर सहित समयमा निर्माण सम्पन्न गर्न दत्तचित्त भएर लाग्न आग्रह गरे ।
निर्माण व्यवसायी संघका नव निर्वाचित अध्यक्ष यज्ञराज उपाध्यायले सम्पुर्ण निर्माण व्यवसायीहरुको शिर उचो राख्ने काममा आफुहरु सदैव लाग्ने भन्दै प्रदेश सरकारले समेत निगरानी राख्नु पर्ने बताए । 
गत माघ २४ गते भएको संघको निर्वाचनमा सम्पुर्ण पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका थिए ।