Close This

१ लाखले महोत्सव अवलोकन गरे

बुधबार फागुन १, २०७५/ Wednesday 02-13-19
Paschim Today

धनगढी, १ फागुन । 

माघ २१ गतेदेखि धनगढीमा भइरहेको सुदूरपश्चिम महोत्सव मंगलबारसम्म करिब १ लाख दर्शकले अवलोकन गरेका आयोजकले जनाएको छ । 
महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम बिष्टले हालसम्म १ लाख दर्शकले अवलोकन गरेका र स्टलहरुमा ३ करोड रुपैया बराबरको आर्थिक कारोबार भएको बताए । मौसमको खराबीका कारण यसअघि ३ दिन महोत्सव प्रभावित भए पनि अहिले दर्शकको सहभागिता ह्वात्तै बढेको उनले बताए ।
महोत्सवमा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु भइरहेका छन् । राष्ट्रिय तथा स्थानीय स्तरमा ख्यातिप्राप्त कलाकारहरुले दैनिक सांगितिक एवं मनोरञ्जनात्मक प्रस्तुतिहरु प्रस्तुत गर्दै आएका छन् । रामजी खाण, सरिता कार्की, नरेन्द्रराज रेग्मीलगायतका कलाकारहरुले मंगलबार सांगितिक प्रस्तुति प्रस्तुत गरेका थिए ।
सुदूरपश्चिमका संभावनाहरु उजागर गर्ने, यहाँको कृषि उत्पादन तथा स्थानीय परिकारको प्रवद्र्धन गर्ने, कला, संस्कृतिको संरक्षण गर्नेलगायत उद्देश्यले महोत्सव संचालन गरिएको संघले जनाएको छ । महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका थिए ।