Close This

सुदूरपश्चिम महोत्सवको समय तिन दिन थप

बुधबार फागुन १, २०७५/ Wednesday 02-13-19
Paschim Today

धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको समय थप गरिएको छ । माघ २१ बाट सञ्चालन भएको महोत्सवको  तीन दिन थप गरिएको आयोजक उद्योग बाणिज्य संघले जनाएको छ । महोत्सव फागुन २ गते सम्म सञ्चालन गर्ने भनिएपनि संघले तीन दिन थप गरि फागुन ५ गतेसम्म सञ्चालन हुने कैलाली उद्योग वाणिज्य संघले निणर्य गरेको छ । सूरुका तिन दिन बर्षका कारण महोत्सब प्रभाबित भएका कारण ३ दिन समय थप थपीयको उद्योग बाणिज्य संघका महासचिब ओम बहादुर बिष्टले जानकारी दिनुभयो । उहाँले यस बर्ष दर्शकहरुलाई मध्यनजर गर्दै दर्शकको माग अनुसार समय थप गरिएको बताउनु भयो ।