Close This

सिमसिम पानीमा कलाकारसंग झुमे दर्शक

शुक्रबार फागुन ३, २०७५/ Friday 02-15-19
Paschim Today

पश्चिम टुडे, धनगढी ३ फाल्गुन ।
धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा बिहीबार पनि राष्ट्रिय तथा स्थानीय कलाकारले दर्शक नचाएका छन् । 
    सिमसिम पानीको बावजुद कलाकारले दर्शक नचाए । पानीमा रुझ्दै कलाकारहरुले आफ्नो प्रस्तुति दिंदा दर्शकले पनि भिज्दै आनन्द लिए । वर्षालाई समेत वास्ता नगरी कलाकार र दर्शक तातिएका थिए । कलाकारहरु मञ्जु पौडेल, बद्री पंगेनी, रेखा जोशी, कल्पना बिसी, विष्णु भट्ट र स्थानीय कलाकारहरुले आ–आफ्नो प्रस्तुति दिदैं दर्शकको मन जितेका थिए । 
बिहीबार वर्षाका बाबजुद पनि करिब १० हजार दर्शकले महोत्सव अवलोकन गरेको कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझाले जानकारी दिए । महोत्सव फागुन पाँच गतेसम्म सञ्चालन हुने भएको छ । 
सुदूरपश्चिमको आर्थिक विकासमा टेवा पु¥याउने, कृषि उत्पादन तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । कैलाली उद्योग वाणिज्य संघले धनगढीमा हरेक वर्ष सुदूरपश्चिम महोत्सव सञ्चालन गर्दै आएको छ ।