Close This

योजना सम्पादनमा धनगढी उत्कृष्ट

शनिबार फागुन ४, २०७५/ Saturday 02-16-19
Paschim Today

धनगढी उपमहानगरपालिका नगरविकास कोषबाट संचालित योजनाहरुको सम्पादनमा देशमै पहिलो भएको छ । 
नगरविकास कोषले देशमा रहेका २ सय १७ वटा नगरपालिकाहरु मध्ये धनगढी कार्य सम्पादन, कार्यान्वयनका लागि उत्कष्ट भएको हो । नगरविकास कोषले आफ्नो ३१ औं वार्षिकोत्सवको कार्यक्रममा धनगढी धनगढी उपमहानगरपालिकालाई सम्मान गरेको छ । 
धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले सम्मान ग्रहण गरेका थिए । शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा मन्त्री राईले धनगढी उपमहानगरपालिकाबाट सबैले सिक्नुपर्ने बताए । उनले भने,‘ स्थानीय तहबीच राम्रा सिकाईहरु आदानप्रदान हुनु पर्दछ ।’ 
उक्त सम्मानले आफूहरुलाई थप हौसला प्राप्त भएको नगरप्रमुख वडले बताए । उनले कार्य सम्पादनका उत्कृष्ट काम गर्न सहयोग गर्ने नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई धन्यवाद दिए ।