Close This

शिक्षक संघका सदस्यलाई गर्व गर्न आग्रह

आइतबार फागुन ५, २०७५/ Sunday 02-17-19
Paschim Today

पश्चिम टुडे, धनगढी ५ फाल्गुन ।
धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले नेपाली कांग्रेस काम गर्नकै लागि जन्मिएको पार्टी रहेको बताएका छन् । 
नेपाल शिक्षक संघ धनगढी नगर कार्य समितिको प्रथम नगरप्रतिनिधि सभाको उद्घाटन गर्दै नगरप्रमुख वडले यस्तो बताएका हुन । नेपाली कांग्रेसमा बिगतदेखि अहिलेसम्मका नेतृत्वको जीवनशैली र गरिब र सर्वहाराको नाममा राजनीति गर्ने कम्युनिष्ट पार्टीका नेताको जीवनशैली हेर्नुहोस’, नगरप्रमुख वडले भने–‘त्यसबाट नै को साँच्चै देश र जनताको परिवर्तनका लागि काम गर्दछ भन्ने कुरो पुष्टि हुन्छ ।’
महामानव विपी, गणेशमान, कृष्णप्रसाद, सुशील कोईराला लगायत वर्तमान नेतृत्वले लाखौका घडी र सयनकक्ष खोजेनन् नगरप्रमुख वडले भने, तर कम्युनिष्टहरु सत्तामा पुग्ने बित्तिकै तिनीहरुको जीवनशैली फेरिएका छन् ।’ राजधानी र ठूला शहरमा सधै सर्वहाराका नाममा राजनीति गर्ने कम्युनिष्ट नेताहरुका घरघरेडी रहेका छन् नगरप्रमुख वडले भने–देशमा भएका ठूला राजनीतिक र समाजिक परिवर्तन पनि नेपाली कांग्रेसले नै गरेको  हो ।’
उनले नेपाली कांग्रेसको शुुभेच्छुक संस्थाको सदस्य भएकोमा गर्व गर्न पनि शिक्षक संघका सदस्यहरुलाई आग्रह गरे । उनले नेपाल शिक्षक संघले नेतृत्व गरेका विद्यालयको पढाई गुणस्तरमा समेत उत्कृष्ट हुनुपर्ने बताए । कार्यक्रममा नेपाल शिक्षक संघका नेपाल ट्रेड यूनियनका केन्द्रीय उपमहासचिव सीताराम अवस्थी, नेपाल शिक्षक संघ कैलालीका अध्यक्ष गणेश ओझा, पूर्व अध्यक्ष पदम सिंह कुँवर, भूपाल सिंह खड्का, नेपाल ट्रेड युनियन कैलालीका अध्यक्ष ज्ञानेन्द्र शाह लगायतले शुभकामना मन्तव्य राखेका थिए ।