Close This

तीन करोडभन्दा बढी आर्थिक कारोबार

सोमबार फागुन ६, २०७५/ Monday 02-18-19
Paschim Today

धनगढी, ६ फागुन । धनगढीमा माघ २१ देखि फागुन ५ गतेसम्म सञ्चालन भएको सुदूरपश्चिम महोत्सवमा तीन करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार भएको छ ।
       छोटो अवधिमा तयारी गरी सञ्चालन गरिएको महोत्सवमा सोंचेभन्दा सफलता मिलेको आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ । संघले महोत्सव अवधिभरी तीन करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरेको थियो । तर, त्यो भन्दाबढीको कारोबार भएको संघका अध्यक्ष पुष्प कुँवरले जानकारी दिए ।
       ‘हामीले सोंचेभन्दा पनि भव्य र सभ्य तरिकाले महोत्सव सफल भएको छ’, उनले भने–‘यसका लागि हामीले सबैबाट अत्यन्त सकारात्मक सहयोग पायौं ।’ १३ दिनसम्म सञ्चालन गरेको महोत्सवलाई दुई लाख्भन्दा बढी दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ । यसैगरी, महोत्सव अवधिभरी करिब ४५ लाख रुपैयाँको टिकट बिक्री भएको जनाइएको छ ।
       आइतबार एक कार्यक्रमकोबीच महोत्सव समापन गरिएको छ । संघका अध्यक्ष कुँवरको अध्यक्षतामा भएको समापन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा प्रमुख अतिथि रहेका थिए । समापन अवसरमा विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने विभिन्न व्यक्तिलाई सम्मान समेत गरिएको छ ।
       महोत्सवको अन्तिम दिन चर्चित गायिका मेलिना राई र हास्यकलाकार सन्दीप क्षेत्रीले आफ्नो प्रस्तुतिमार्फत दर्शकको मन जितेका थिए । महोत्सवको अन्तिम दिन पनि दर्शकको उल्लेख्य सहभागिता रहेको थियो ।
       सुदूरपश्चिमको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले कैलाली उद्योग वाणिज्य संघले हरेक वर्ष धनगढीमा महोत्सव आयोजना गर्दै आएको छ । संघले आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सव यहाँको पर्व जस्तै भइसकेको छ । यो वर्ष संघको चुनावका कारण ढिलो गरी महोत्सव सञ्चालन गरे पनि आगामि वर्ष मंसिर २२ गतेबाटै महोत्सव आयोजना गर्ने अध्यक्ष कुँवरले जनाए ।