Close This

एरिस्टोले मनायो रजत जयन्ती

सोमबार फागुन ६, २०७५/ Monday 02-18-19
Paschim Today

धनगढी, फागुन धनगढीको एरिस्टो इंगलिस स्कुलले आफ्नो रजत जयन्ती मनाएको विद्यालय स्थापनाको २५ वर्ष पुगेपछि विद्यालयले आइतवार एक कार्यक्रमकाबीच रजत जयन्ती मनाएको हो । उक्त कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड प्रमुख अतिथि रहेका थिए कार्यक्रममा उनले सामुदायिक नीजि विद्यालयबीच मतभेद हुन नहुने बताए उनले धनगढी उपमहानगरपालिकाले नीजि सामुदायिक विद्यालयहरुको व्यवस्थापनका लागि नगर शिक्षा ऐन ल्याइसकेकाले चाँडै कार्यान्वयनमा ल्याउने बताए सामुदायिक विद्यालय सरह नीजि विद्यालयको नियमन समेत गरिने ’, नगरप्रमुख वडले भने, ‘निजी विद्यालयले गरेका राम्रा अभ्यासहरु सामुदायिक विद्यालयहरुले पनि सिक्न सक्दछन्

 

 

वडले नीजि सामुदायिक विद्यालय एक अर्काका परिपूरक भएको बताए उनले भने–‘सार्वजनिक नीजि साझेदारीमा हामी जान चाहिरहेका बेला नीजि क्षेत्रलाई निरुत्साहित गर्ने काम हुदैन

नगरप्रमुख वडले सामुदायिक विद्यालयको पढाइ गुणस्तर बढाउने अभिभावकको विश्वास बढाउनका लागि आफू लागिपरेको बताए नगरप्रमुख वडले पढाइको गुणस्तरमा सुधार गर्ने सामुदायिक विद्यालयलाई सहयोग बढाएर दिने बताएका छन् उनले अभिभावक, शिक्षक, विद्यार्थी स्थानीय सरकारको विद्यालयको पढाइ सुधार गर्न सामान भूमिका रहेको बताए

यसैगरी, धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशिला मिश्र भट्टले एरिस्टो स्कुलले गुणस्तरीय शिक्षा दिन सकेको भन्दै प्रशंसा गर्नुभयो नीजि विद्यालयले देशमा विद्यालयको आवश्यकता परिपूर्ती गरिदिएको उपप्रमुख भट्टले भनिन्–‘नीजी विद्यालयलाई पनि अझै व्यवस्थित बनाउँदै लैजानु पर्दछ कार्यक्रममा विद्यालयका प्रिन्सिपल हरि क्षेत्री, विभिन्न शिक्षासेवी, विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो