Close This

धनगढीका होटलमा पर्यटकको चहलपहल

सोमबार फागुन ६, २०७५/ Monday 02-18-19
Paschim Today

धनगढी, फागुन कैलालीको धनगढीमा रहेका होटलहरुमा पर्यटकको चहलपहल बढेको  खेल पर्यटनको माध्यमले यहाँ व्यापार, व्यवसाय राम्रै फष्टाएको हो प्रदेशको आर्थिकहबको रुपमा चिनिने धनगढीमा अहिले मोफसलकै प्रतिष्ठित रुस्लान धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिता चलिरहेको क्रिकेट खेलका कारण आधा महिनासम्मका लागि यहाँ रहेका ठूला तथा मध्यम होटलहरु पाहुनाले भरिएका छन् होटल डिभोटी, रुबस होटल, फ्लोरा, होटल साथी, जलसा लगायतका होटलहरुमा भीडभाड बढेको आन्तरिकसहित केही विदेशी पाहुना पनि धनगढी केन्द्रित भएका छन्

                धनगढीमा धेरै पाहुना भित्रिएकालेसिजनसकिने बेलामा होटल व्यवसाय फष्टाएको कैलाली होटल व्यवसायी सङ्घका अध्यक्ष कलमबहादुर बमले बताए एउटा स्तरका होटलहरु पूर्ण रुपमा प्याक भएका छन्’, उनले भने–‘यसका साथै, व्यापार, व्यवसाय राम्रो भइरहेको

                खेल पर्यटनले होटलमामात्र नभइ किराना पसलदेखि ठेलामा सञ्चालित नास्ता पसलमा समेत व्यापार, व्यवसाय बढेको बताइएको मान्छेको भीडभाडले आर्थिक गतिविधि चलायमान भएको व्यवसायीहरुको ठहर धनगढीमा खेल सञ्चालन भएपछि विभिन्न व्यापार व्यवसायमा सकारात्मक असर परेको अध्यक्ष बम बताउँछन्

                ‘यो व्यवसाय सुस्ताउने बेला हो यद्यपि, अहिले फेरी विजनेस बढेको ’, उनले भने–‘प्रायः सबै होटलहरुमा चहल पहल राम्रै भएको खेल पर्यटनले विभिन्न व्यापार, व्यवसायमा अत्यन्त सकारात्मक प्रभाव पारेको अध्यक्ष बमको ठम्याइ

सङ्घका अनुसार धनगढीमा रेस्टुरेन्टसमेत गरी सानाठूला झन्डै एक हजार होटल सञ्चालमा छन् ती सबै होटलहरुमा कारोबार राम्रो भइरहेको बताइएको यसैगरी, भीआइपी, खेलकुदप्रेमी, कलाकार लगायतको आउजाउले गर्दा धनगढी विमानस्थलमा पनि यात्रुको चाप बढेको

हवाईमार्ग भएर दैनिक विभिन्न व्यक्तिहरुको आउजाउ भइरहेको भने, खेलाडी, अफिसियल, टिमसंग सम्बन्धित व्यक्ति लगायत गरी एक हजारभन्दा बढी पाहुना धनगढीमा भित्रिएका छन् धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिता सञ्चालन भइरहँदा यहाँका सबै होटलहरुमा पाहुना बस्ने व्यवस्था गरेको आयोजक धनगढी क्रिकेट एकेडेमीले जानकारी दिएको

कुनै होटलमा खेलाडी, कुनैमा अफिसियल, भीआइपीहरुलाई बसाएका छौं’, एकेडेमीका अध्यक्ष सुवाश शाहीले भने–‘प्रायः सबै होटलहरुमा अहिले प्याक भएका छन्

खेल पर्यटनले लगभग सबै क्षेत्रलाई छुने गर्दछ खेलाडीहरु मैदानमा खेले पनि उनीहरुको बसोबास खानपानको व्यवस्था होटलमा गरिएको हुन्छ यसैगरी, खेलाडी दर्शक बोक्नका लागि यातायात क्षेत्र पनि जोडिएको रिक्सा मजदुरदेखि ज्यालादारीमा काम गर्ने व्यक्तिले सीमित अवधिका लागि रोजगारी प्राप्त गरेका छन् क्रिकेट प्रतियोगिताकै लागि मैदान निर्माण लगायतको कार्यमा धेरैले विगत तीन महिनाबाट काम पाएका छन्

समग्र आर्थिक विकासको लागि खेल पर्यटन एक सशक्त माध्यम रहेको एकेडेमीका अध्यक्ष शाहीको बुझाइ यहाँ स्टेडियम बनाउने हो भने धेरै चिज गर्नै पर्दैन’, उनले अगाडि थपे–‘खेल पर्यटनलेमात्रै सुदूरपश्चिमको समृद्धिमा ठूलो सहयोग हुनेछ विकासका लागि खेलभन्दा सशक्त अरु कुनै माध्यम हुनै सक्दैन डीपीएले फाप्ला अन्तर्राष्ट्रिय स्टेडियम बनाउन ठूलो सहयोग पुग्ने विश्वास गरिएको यहाँ अन्तर्राष्ट्रिय रंगशाला निर्माण भएमा आर्थिक गतिविधिले झनै फड्को मार्ने क्रिकेट प्रतियोगिता आयोजक पक्षको विश्वास

धनगढीको फाप्ला क्रिकेट मैदानलाई राम्रो बनाउन सकिएमा यहाँ आर्थिक रुपमा कायापलट गर्न सकिने अवसरहरुको सृजना हुने बताइएको धनगढी प्रिमियर लिग, सुदूरपश्चिम महोत्सव जस्ता वर्षमा भइरहने गतिविधिले व्यापार, व्यवसाय फष्टाउनमा ठूलो सहयोग पुगेको कैलाली उद्योग वाणिज्य सङ्का अध्यक्ष पुष्पराज कुँवरले बताए  

अहिले यहाँ रहेका होटलहरु कुनै पनि खाली छैनन्’, होटल फ्लोराका सञ्चालक समेत रहेका कुँवरले उनले–‘यसले आर्थिक विकासमा ठूलो सहयोग पुगेको