Close This

चार्टड एकाउण्ट विषयबारे प्राध्यापकहरुलाई जानकारी

आइतबार फागुन २७, २०७४/ Sunday 03-11-18
Paschim Today

पश्चिम टुडे, धनगढी, फागुन २७ । काठमाडौंस्थित सानोतना कलेजले सञ्चालन गरेको चार्टड एकाउण्ट विषयबारे कैलालीका प्राध्यापकहरुलाई जानकारी दिईएको छ । कलेजले विगत चार वर्षदेखि चार्टड ईनस्टिच्युट अफ मेनेजमेण्ट एकाउण्टेण्ट (सिआईएमए) विषयमा अध्यापन गराउँदै आएको भए पनि शनिबारमात्र धनगढीमा सो बारे जानकारी दिईएको हो । 
कलेजका डाईरेक्टर सुनान्द रेग्मी र सुदिप चालिसेले कलेजले सञ्चालन गरेको विषयका बारेमा जानकारी दिएका थिए । विश्वभरीका एक सय ८० देशमा मान्यता पाएको यो विषय चार वर्षयता नेपालमा पनि अध्यापन शुरु गरिएको डाईरेक्टर रेग्मीले बताए । यो विषयमा नेपालमा कमै व्यक्तिहरु अध्ययन गरेका छन् । नेपालमा यो विषयमा अध्यापन गराउने कलेज नहुँदा भारतलगायतका अन्य मुलुकमा गएर पढ्नुपर्ने बाँध्यता रहेको थियो । 
यसरी अध्यापन गर्न जाूदा महुँगो, जोखिमलगायत हुने भएपछि ईच्छुक मानिसहरु पनि यो पढ्ने अवसरबाट टाढा रहनुपर्ने बाँध्यता रहेको उनले बताए ।उनले यो विषयमा अध्ययन गरे विश्वका जुनसुकै सरकारी कार्यालय, संस्थामा सहजै स्वरोजगार हुन सक्ने भएपनि खासै जानकारी नहुँदा विषयप्रति आकर्षण नरहेको 
बताए । डाईरेक्टर रेग्मीका अनुसार सान्तोना कलेजमा यो कोर्ष (चार वर्षे कोर्ष) पुरा गर्न झण्डै छ लाख मात्र खर्च हुने जनाएको छ । उनले आम मानिसले यो कोर्ष पुरा गर्न खर्चिलो महशुष गरेकाले खासै चाँसो नदिएको हुन सक्ने अनुमान गरे । यो कोर्षलाई उनले प्राविधिक र व्यवसायीक शिक्षा बताए । उनले कलेजले अहिले एक व्याचलाई बजार क्षेत्रमा पठाईसकेको पनि बताए । 
’कोर्ष अध्ययन गर्ने कुनै पनि व्यक्ती वेरोजगार बस्नु पर्दैन“ उनले भने । बेलायतमा एक सय वर्ष अगाडि यो कोर्षको शुरुवात गरिएको थियो । 
यो कोर्षलाई अष्ट्रेलियाको सिपिए, क्यानाडाको सिएमए र अमेरिकाको एआईसिपी सरह मान्यता दिईएको छ । यो कोर्षलाई सिए, विविए र विविएस भन्दा बढी गुणस्तरिय मानिन्छ ।
कार्यक्रममा सहभागी प्राध्यापकहरुले कोर्ष राम्रो तर, जानकारी नहँुदा पढ्ने अवसरबाट बञ्चित हुनुपरेको गुनासो गरेका थिए । आगामी दिनमा यस क्षेत्रका विद्यार्थीहरुलाई समेत यो विषय अध्ययन गर्न उत्प्रेरित गर्ने र सम्भव भए आफ समेत पढ्ने ईच्छा व्यक्त गरे । कार्यक्रमको सहकार्य शारदा माध्यामिक विद्यालयका शिक्षक तिर्थ राज पाण्डेयले गरेका थिए ।