Close This

चीन: राष्ट्रपतीय कार्यकालको सीमा हट्यो

चीनमा संविधान संशोधन

सोमबार फागुन २८, २०७४/ Monday 03-12-18
Paschim Today

चीनको न्यास्नल पिपुल्स कंग्रेसले दुई कार्यकालमात्रै राष्ट्रपति रहने पाउने देशको संवैधानिक व्यवस्था अन्त्य गर्ने संविधान संशोधनलाई आइतबार अनुमोदन गरेको छ।
उक्त कदमले राष्ट्रपति सी जिनपिङलाई सन् २०२३ मा आफ्नो कार्यकाल समाप्त भएपछि पनि सम्भवतस् अनिश्चितकालसम्म सत्तामा रहिरहन बाटो खोलिदिने ठानिएको छ। कुल २ हजार ९ सय ६४ प्रतिनिधिमध्ये दुई जनाले मात्रै विपक्षमा मत हालेका थिए भने तीन जना अनुपस्थित थिए।
अरू देशको संसद जस्तै कंग्रेस, चीनको सबैभन्दा शक्तिशाली कानून बनाउने निकाय हो। देङ सियाओपिङले सन् १९८२ मा ल्याएको कार्यकालमा सीमा तोक्ने व्यवस्था हटाउनु खतरनाक हुने कतिपय आलोचकहरूले चेतावनी दिएका छन्। सीमा चीनले राष्ट्रपति पदमा बहाल रहने समयसीमा दुई कार्यकालका लागि सन् १९९० को दशकमा तय गरेको थियो।

चीनमा संविधान संशोधन
राष्ट्रपति सीले आफ्ना सम्भावित उत्ताराधिकारी प्रस्तुत गर्ने प्रचलन गएको अक्टोबरमा बसेको कम्युनिष्ट पार्टीको महाधिवेशनमा तोडिदिएका थिए। त्यसको साटो उनले राजनीतिक शक्ति आफूमा केन्द्रित गरेका थिए र पार्टीको विधानमा आफ्नो नामसहितको राजनीतिक विचारधारा लेखाउन सफल भएका थिए।  त्यसबाट उनको हैसियत चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओ त्से तुङकै तहमा पुगेको थियो। सन् २०२३ मा सीको कार्यकाल पूरा हुँदैछ। गएको फेब्रुअरीको अन्त्यमा चिनियाँ कम्युनिष्ट पार्टीले राष्ट्रपतिको कार्यकालको समयसीमा हटाउन सिफारिस गरेको थियो।
विवाद
न्यास्नल पिपुल्स कंग्रेसलाई आफूलाई भनिएका विषयहरूका निर्णय अनुमोदन गर्ने थलोका रुपमा मात्र लिने गरिन्छ।
कंग्रेसले अहिलेसम्म कम्युनिष्ट पार्टीको निर्णय विपरीत मत खसालेको छैन। चीनको ुसेन्सरु हेर्ने निकायले उक्त विषयमाथिको छलफलमा अवरोध पुर्याएको जनाइएको छ। सामाजिक सञ्जालहरूमा राष्ट्रपति सीविरुद्ध कार्टुनहरु बनाइएका छन्। सरकारी समाचारपत्रका एक जना पूर्वसम्पादकले उक्त कदमले अराजकताको बिउ रोप्ने बताएका छन्। तर सरकारी समाचार संस्थाहरूले ती सुधारका कदमहरू अत्यावश्यक भएको उल्लेख गरेका छन्।