Close This

चलचित्र ‘मेरो पैसा खोइ ?’ को च्यारिटी सो हुदै

शनिबार दिउ‘सो १२ बजे जोशी टाकिजमा च्यारिटी सो

बिहीबार चैत १, २०७४/ Thursday 03-15-18
Paschim Today

प्रदीप पाठक, धनगढी,३० फागुन । नेपाली चलचित्र ‘मेरो पैसा खोइ ?’ को च्यारिटी सो आउदो शनिवार धनगढीमा हुने भएको छ ।   निर्माण पक्षले बुधवार पत्रकार सम्मेलन गर्दै प्रदेश सातको राजधानी धनगढीमा आउदो शनिबार चलचित्रको च्यारिटी सो हुने जनाकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका सह–निर्माता बिमला भट्टले आउ‘दो चैत्र ३ गते शनिबार दिउ‘सो १२ बजे जोशी टाकिजमा च्यारिटी सो हुने बताइन् । चलचित्र हास्यब्यङ्ग्य तथा सामाजिक विकृतीविरुद्ध निर्र्माण भएकाले एक पटक हेर्न आउन उनले दर्शकलाई आग्रह गरिन् । चलचित्रमा धनगढीका नवनायक सागर तिवारीको पनि मुख्य भूमिका रहेको छ । उनी सह–निर्माता भट्टका छोरा पनि हुन् ।
प्रदेश सात बाहेक मुलुकका विभिन्न क्षेत्रमा यो चलचित्र प्रर्दशन भइसकेको छ । पर्याप्त प्रचारप्रसार नपुगेकाले यो प्रदेशमा चलचित्र प्रर्दशन गर्न ढिलाइ भएको थियो । तर, आगामी शनिबार च्यारिटी सोसंगै केही दिनमै चलचित्र प्रर्दशन पनि गरिने सहनिर्माता भट्टले   बताइन् । चलचित्रको च्यारिटी सोबाट उठेको रकममध्ये १५ प्रतिशत असाहय तथा गरिब बालबालिकालाई छुट्याइएको उनले बताइन् । पैंसा कमाउनलाई नभई यहिकै नवनायक चलचित्रको प्रमुख भूमिकामा रहेकाले दर्शकको माया पाउन च्यारिटी सो राखिएको सहनिर्माता भट्टको भनाई छ । उनले भनिन्,–टिकट काटेका सबै हलसम्म पुग्नुहोस् यहिकै नवनायकले चलचित्रमा खेलेका छन् । सागर मेरो छोरा र यहिकै स्थानीय पनि हुन् उनलाई यहॉका दर्शकले चिनुन् र आगामी दिनमा उसले राम्रो अभिनय गर्न यहॉका दर्शकबाट हौसला प्रदान होस् भनेर प्रर्दशनपूर्व फागुन ३ गते च्यारिटी सो राखिएको हो ।’ यहॉका दर्शकको सुझाव र माया पाउनका लागि च्यारिटी सोले महत्वपूर्ण सहयोग पुग्ने चलचित्रका नवनायक सागर तिवारीले बताए । च्यारिटी सो हेर्न आउन उनले सबै दर्शकलाई आग्रह गरेका छन् । यस क्षेत्रका दर्शकसंग घुलमिल हुने अवसर नमिलेकाले च्यारिटी सोले त्यो पूरा गर्ने उनले विश्वास व्यक्त गरे । चलचित्रमा तिवारी अलवा सौगात मल्ल, बर्षा रावत, बुद्धि तामाङ, कमलमणी नेपाल लगायतले अभिनय गरेका छन् । चलचित्रका निर्माता रोज राणा हुन् । चलचित्र ‘मेरो पैसा खोइ ?’ झण्डै एक करोडको लगानी निर्माण भएको बताइएको छ ।