Close This

प्राविधीक बिषय पढाउन धार्मिक महोत्सव 

चैत्र ४ गतेदेखि ११ गते सम्म  धार्मिक महोत्सव

शुक्रबार चैत २, २०७४/ Friday 03-16-18
Paschim Today

पश्चिम टुडे, धनगढी, चैत्र २ । ७ नम्बर प्रदेशकै सबैभन्दा जेठो डोटी बहुमुखी क्याम्पसले प्राविधीक बिषयको पठनपाठन गराउनका लागि धार्मिक महोत्सवको तयारी गरेको छ । २०१७ सालमा स्थापना भएको डोटी बहुमुखी क्याम्पसले बिएससी एजीको पठनपाठन सुरु गर्नका लागि शैलेश्वरी धार्मिक महोत्वस ज्ञान महायज्ञको तयारी गरिएको आयोजक हरुले बताएका छन् । चैत्र ४ गतेदेखि ११ गते सम्म  धार्मिक महोत्सव तथा ज्ञान महायज्ञ सञ्चालन गर्न लागिएको डोटी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्ण बहादुर कठायतले बताए ।  सुरुमा कानुन र मानविकी संकायको पठनपाठन हुने यस क्याम्पसमा अहिले मानविकी,शिक्षा शास्त्र र ब्यबस्थापनको स्नाकोत्तर तहसम्म पढाई हुन्छ । चालु शैक्षिक सत्र बाट बिसिएको पढाई पनि यस क्याम्पसमा सुरु भएको क्याम्पसका प्रध्यापक टिका फुलाराले बताए । 
अहिलेको समयमा प्राबिधिक शिक्षा धेरैको रोजाई र आवश्यक रहेकाले बि.एस.ए.जि पठन पाठनका लागि महोत्सव सञ्चालन गर्न लागिएको पनि फुलाराले बताए । महायज्ञमा  प्रमुख प्रबचनका लागि बिदुषि यसोदा देवि कौण्डिन्यलाई बोलाईएको आयोजकले बताएका छन् । उद्धाटनमा एक हजार आठ स्वामि लक्ष्मि देश राज आश्चार्य आउने आउने कार्यक्रम रहेको बताईएको छ । उक्त महायज्ञमा आधाशिव र आधा पार्वतीको एउटैमा गाँसिएको अर्धनग्नको दुई हजार दुई सय मुर्ति समेत राखिने आयोजकले जनाएको छ । शैलेश्वरी धार्मिक महोत्वस ज्ञान महायज्ञको लागि १७ वटा उपसमिति गठन गरीएको क्याम्पस प्रमुख कठायतले बताएका छन् ।