Close This

एमालेले छान्यो छ मन्त्री, तीन राज्य मन्त्री

प्रदेश नम्बर सातबाट कोही परेनन

शुक्रबार चैत २, २०७४/ Friday 03-16-18
Paschim Today

पश्चिम टुडे संवाददाता
काठमाण्डौं,२ चैत

नेकपा एमालेले शुक्रवार छानेका ६ मन्त्री र ३ राज्य मन्त्रीमा प्रदेश नम्बर सात शुन्य भएको छ । माओवादी केन्द्रले प्रदेश नम्बर सातबाट बीना मगरलाई खानेपानी तथा सरसफाई मन्त्री बनाएपनि एमालेको मन्त्री हुने सूचिमा प्रदेश नम्बर सातका कोही पनि परेनन । यद्दपि यसअघि मन्त्री हुने सूचिमा प्रेम आलेको नाम चर्चामा थियो । उनी दोस्रो पटक मन्त्री हुनबाट बञ्चित भएका छन् । यसअघि पनि उनी मन्त्री हुनबाट बञ्चित भएका थिए । 
एमालेले प्रदीप ज्ञवालीलाई परराष्ट्र, गोकर्ण बिष्टलाई श्रम तथा रोजगार, रविन्द्र अधिकारीलाई पर्यटन,जगत विश्वकर्मालाई युवा तथा खेलकुद मन्त्री बनाएको छ । एमालेले रघुबीर महासेठलाई भौतिक पूर्बाधार तथा यातायात मन्त्री,शेर बहादुर तामाङलाई कानुन मन्त्री बनाएको छ । सञ्चारमन्त्री खाली राखेको एमालेले सञ्चारराज्यमन्त्री गोकुल बास्कोटलाई बनाएको छ । सञ्चारमन्त्री संघीय समाजवादी फोरमलाई दिने संभावना छ । एमालेले युवा रोजगार राज्यमन्त्री पदमा अर्याल र पर्यटन राज्यमन्त्री धन बहादुर बुढालाई बनाएको छ । एमालेले लालबाबु पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएको छ । यसअघि उनलाई वातावरण मन्त्रीको जिम्मेवारी दिइएको थियो ।