Close This

गृहमन्त्री थापाले चौधरीलाई जुस पिलाएर तोडाए अनशन

शनिबार चैत ३, २०७४/ Saturday 03-17-18
Paschim Today

चैत्र ३ , कैलाली ।

कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित रेशमलाल चौधरीले शुक्रबार अनशन तोडेका छन । शुक्रबार वीर अस्पतालमा गृहमन्त्री रामबहादुर थापा बादलले चौधरीलाई जुस पिलाएर अनशन तोडाएका हुन । उनले १८ दिनपछि अनशन तोडेका हुन । थारु आन्दोलनका क्रममा टीकापुर घटनामा भएको हिंसात्मक घटनाका मुख्य अभियुक्त चौधरीलाई कैलाली जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । गृहमन्त्री बादलले मुद्दा फिर्ता र अदालती प्रक्रियाबाहेक अन्य मागहरु पूरा गर्ने प्रतिवद्धता जनाएपछि उनले अनशन तोडेका हुन । अनशन तोडेपछि चौधरीले टीकापुर घटनामा आफ्नो संलग्नता नरहेको र आफू निर्दाेष रहेको दावी गरेका छन । टीकापुर घटनाको दिन आफू बर्दियामा रहेको भन्दै उनले आफू निर्दोष रहेको बताउँदै आफ्नो कल डिटेल हेर्न आग्रह गरेका छन । चौधरीले आफूलाई निर्वाचित भएको प्रमाणपत्र दिनुपर्ने, सपथ खान पाउनुपर्ने, टीकापुर घटनाका २६ जना आरोपीलाई क्षतिपूर्तिसहित रिहा गर्नुपर्ने लगायतका माग राखेर अनशन बसेका थिए । चौधरीलाई गृहमन्त्री थापाले अनसन तोडाउँदा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरु राजेन्द्र महतो र शरतसिंह भण्डारी पनि उपस्थित थिए ।