Close This

क्रिकेटको शहर धनगढीमा खुशियाली

शुक्रबार साँझ धनगढीकै पार्कमोडमा दिप प्रज्वलन

शनिबार चैत ३, २०७४/ Saturday 03-17-18
Paschim Today

पश्चिम टुडे, धनगढी, चैत्र ३ । क्रिकेटमा पहिलो पटक एक दिवसीय मान्यता पाएपछि क्रिकेटको शहर धनगढीमा खुशियाली छाएको छ । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत नेपालले पहिलो पटक एक दिवसीय मान्यता पाउन सफल भएको हो ।  सफलता पाएको खुसीयालीमा शुक्रबार विहान नेपाली क्रिकेट समर्थक समाज कैलालीले धनगढीमा विजयी ¥याली निकालेको हो । शुक्रबार साँझ धनगढीकै पार्कमोडमा दिप प्रज्वलन पनि गरीएको छ । 
यस क्षेत्रका क्रिकेट समर्थकहरुले पुर्वाधारको विकास भए घरेलु क्रिकेटले छलाङ मार्ने बताए । उनीहरुले तत्कालन धनगढीमा अन्तराष्टिूय क्रिकेट मैदानको माग समेत राखे । नेपाली क्रिकेट समर्थक समाज कैलालीका संयोजक सुन्दर सिंह धामीले नेपालले पहिलो पटक ४ वर्षसम्मका लागि एक दिवसीय क्रिकेटको मान्यता पाउँदा निकै खुसी लागेको बताए ।