Close This

धनगढी-मनपडी, बोक्सीवाला भोलेवावा र टीकापुरवाला रेशम चौधरी ?

बोक्सीवाला भोलेवावा र टीकापुरवाला रेशम चौधरी ?

शनिबार चैत ३, २०७४/ Saturday 03-17-18
Paschim Today

डी.आर पन्त शहरमा वितेको साता देखि एकाएक चर्चामा आएका पात्र हुन घोडाघोडी देवकलीयाका भोलेवावा भनिने रामबहादुर चौधरी र टीकापुर काण्डवाला निर्वाचित सांसद माननीय रेशम चौधरी । फरक फरक भूमिकाका यि दुवै ब्यक्ति बिच धेरै अन्तर छ तर संयोग मान्नुपर्छ दुवै एकै समय ब्यापक चर्चामा आए । माननीय सांसद चौधरी जनताले जिताएर पनि आफु जितेको हुं भनेर प्रमाणित गर्न अनशन वस्नुपर्ने कारणले चर्चामा आए भने भोलेवावा हाम्रो समाजमा रहेका क्रु्रर रुढीवादी वोक्सी प्रथाका कारण चर्चामा आए ।समाजमा कुनैपनि घटनाको तिव्र प्रतिक्रिया हुन्छ , प्रतिक्रिया राम्रो पनि हुन्छ नराम्रो पनि हुन्छ । कुनै वेला आफुलाइ माओवादी भन्नेहरु बिद्रोहमा छंदा धेरै प्रयोग गर्ने शब्द थियो क्रियाको प्रतिक्रिया । त्यस्तै खाले प्रतिक्रीया सुरु भयो समाजमा यि दुइ घटनाको । रेशम चौधरी छिमेकी मित्र राष्ट्र भारतको शरणवाट सिधै अदालतमा हाजिर भए । उनी माथि जघन्य अपराधको आरोप छ । हत्या, डकैती, लुटपाट जस्ता समाजका सवैभन्दा घिनौना अपराधको फेरीहस्त सहित प्रहरीले उनी माथि मुद्दा चलाएको अवस्थामा उनी चुनाव लडे, उनको क्षेत्रका जनताले एकलौटी मत हालेर उनलाइ जिताए, जनताले जिताएको मान्छे फेरी एकाएक भारतको शरणमा पुगे, ओलीको शत्तारोहणसंगै ’डेस्क टु डेस्क“ गोरखपुरका बाबासँग कुराकानी भएपछि उनी एकाएक अदालतमा हाजिर भए । कानुनको भाषामा उनले आत्मसर्मपण गरे । सायद जे हुनेवाला थियो त्यो पहिले नै तय थियो तर उनी अदालतमा हाजिर भएपछि तय भएको कुरा नहुने देखेपछि उनी अनशनमा बसे, उक्त काण्डमा थुनामा रहेका सबैले उनको साथ दिए । 
रेशमको चर्चा हुने कारण यी मात्र होइनन उनको कुरा उठ्ने बित्तिकै टीकापुरमा भएको बिभत्स हत्याकाण्डको स्मरण हुन्छ । जसलाइ उनका पक्षकाले राजनैतिक आन्दोलन भनेर जति घोेकेपनि नेपाली समाज कालान्तरसम्म त्यो घटनालाइ बिभत्स हत्याकाण्डका रुपमा चिन्नेछ । भारतमा फुलनदेवीले समाजका सामन्तहरुका बिरुद्ध हतियार उठाएपछि उनी दस्यु सुन्दरीका नामले प्रख्यात भइन । उनी पनि भारतमा चुनाव लडेर सांसद भइन तर उनको नियति के भयो ? धेरैले यो बिषयमा राम्रोसंग बुझेका छन । जनमतको कदर गर्ने लोकतान्त्रीक समाजमा त फुलनदेवीले माफी पाउन सकिनन भने सनकको भरमा चल्ने हाम्रो देशमा के हुन्छ भन्न सकिदैन । जे होस सचेत लोकतन्त्रवादीहरुले रेशमलाइ होइन जनताले उनलाइ दिएको मतलाइ सम्मान गरिरहेका छन । जुन दिन रेशम सांसद पदवाट हट्लान त्यो दिन जनताको मतका कारण उनका पछाडी झुण्डीने माननीय खोसिएला उनका बिषयमा फेरी वहस सुरु होला । अहिले भइरहेको वहस फरक खाले वहस हो । हाम्रो संबिधान कर्मप्रधान हो जात र धर्मप्रधान होइन । धर्म र जातको आडमा राजनीति गर्नेहरु ढीलोचांडो राजनीतिको मूलधारवाट हराउछन यो सत्यलाइ धेरेले बुझेका छन । 
भोलेवावा इन्टर पढ्दै गरेको एक ग्रामिण भेकको गरिव युवक हो । समाजमा पुस्तौं देखि पछाडी पारिएको थारु समुदाय त्यसमा पनि कैलालीको ग्रामिण भेक । रोग भोक र शोकले ग्रसित समाज , अझैपनि कायम रहेका रुढीवादी प्रथाहरु बिच थिचिएको त्यो युवक भोलेवावा किन वन्यो ? कसले उसलाइ यस्तो अपराधिक लाइनमा लगायो ? समाजले यो वहसमा तर्क गरिरहेको छ । जे जस्तो भएपनि भोलेवावाले आफ्नो अपराध स्वीकार गरेको छ । आफुबाट भएको जघन्य अपराधवोध भोलेवावमा देख्न सकिन्छ । कानुनले दिएको हरेक सजाय भोग्न उ मानसिक रुपमा तयार देखिन्छ । आफ्नो समुदायमा रहेको एउटा जघन्य कुप्रथाको आडमा उसले गरेका गम्भीर अपराधले समाजलाइ एकपटक फेरी घचघचाएको छ । समाजलाइ एकपटक फेरी यस्ता कुप्रथाका बिषयमा सोच्न वाध्य वनाएको छ । बर्षौं देखि सामाजिक परिवर्तनका नाममा खेतीपाती गर्ने तथाकथित संघसंस्थाहरुलाइ यो घटनाले नंग्याएको छ । संस्कृतिका धनी मानिने धर्तीपुत्र थारु समुदाय भित्र मात्र होइन यस्ता कुप्रथाहरु हरेक समाजमा छन र पटक पटक भोलेवावा जस्ता प्रतिनिधि पात्रहरुवाट यि कुप्रथाले टाउको ठड्याउने प्रयास गर्छ । भोलेवावा भनिने देवकलीयाको यो ठीटोले जुन अपराध गर्यो त्यो अपराधका बिरुद्धमा सिंगो समाज एक ठाउँमा उभिएर स्तब्ध छ । र समाजले पुन यस्ता घटना हुन नदिन सवैलाइ गम्भीर हुन आग्रह गरेको छ ।
ठीक यसको बिपरित टीकापुरमा घटेको बिभत्स हत्याकाण्डलाइ राजनीतिको आवरणमा कथित राष्टूवादीहरुले गंगाजल छर्किने प्रयास गरिरहेका छन । राजनीतिको आवरणमा कुनैपनि जघन्य अपराध स्वीकार्य हुन सक्दैन । टीकापुर काण्डमा भएको बिभत्स हत्यालाइ सम्झीने जो कोहीले पनि यसलाइ राजनैतिक काण्ड मान्नै सक्दैन । त्यो घटनाका प्रमुख नायकका रुपमा चर्चा वटुलेका माननीय रेशम चौधरी र भोलेवावा बिच तुलना हुनै सक्दैन । रेशम चौधरीले राज्यवाट क्षतिपूर्ति पाएका छन । उनको सम्पत्ति माथि भएको क्षति भन्दा बढी नै राज्यले पूर्ति गरेको छ । कारागारमा रहेका सवै मान्छे त्यो घटनासंग सम्वन्धित नहोलान , निर्दोष पनि परेका होलान तर घटनामा नायक वा खलनायकको भुमिकामा रहेकाहरु जसले छाती ठोकेर आन्दोलनको अगुवाइ गरेका थिए ति पात्रहरु किन अहिले रोइलो गरिरहेका छन ।? अधिकारको लडाइ लड्नेहरु जेलमा पनि लड्छन र मैदानमा पनि लड्छन । जसरी रेशम चौधरीहरु रोइलो गर्दैछन यसको अर्थ उनीहरु परिवर्तनको लडाइ होइन कुनै अर्को लडाइमा छन । यदि होइन भने टीकापुर काण्ड खुला किताव जस्तै छ त्यो काण्डपछि समाजमा परिवर्तन आयो कि ? अझ सुसुप्त द्वन्द्व ? थहरुहट राज्य माग्नु कुनै अपराध होइन , थारु समुदाय माथि पुस्तौंसम्म भएको अन्याय र अत्याचारको क्षतिपूर्ति राज्यले दिनुपर्छ । त्यो क्षतिपूर्ति थरुहट राज्य दिएर हुन्छ भने त्यसका लागि पनि समाज तयार हुनुपर्छ राज्य तयार हुनुपर्छ । यो समाजले त्यो  समुदाय माथि भएको अन्यायका लागि हजारौं पटक माफी मागेपनि त्यो कम हुन्छ तर यसको अर्थ यो होइन कि कर्मप्रधान संबिधान मुनी वसेर कसैले जातीय र धार्मिक उन्माद फैलाउंदै आफुलाइ हलिउडका हरर फिल्म जस्तो नायक सम्झने गल्ती गर्नु हुंदैन ।