Close This

खप्तडको पर्यटन प्रबर्धनका लागि अछाम तुकामा होमस्टे संचालन  

आइतबार चैत ४, २०७४/ Sunday 03-18-18
Paschim Today

चैत्र ४ , कैलाली ।   
धर्तिको स्वर्गका रुपमा परिचित खप्तडको पर्यटन प्रबर्धनका लागि अछामको खप्तडमा होमस्टे संचालनमा आएको छ । साफेबगर नगरपालिका वडा नम्बर १२ खप्तडको तल्लोतुकामा आजबाट होमस्टे उद्घाटन गरिएको छ । साफेबगर नगरपालिकाका उपमेयर बिर्मला बुढाथापाले एक समारोहका बीच उद्घाटन गर्नुभएको हो । १२ न वडा र एस नेपालको पहलमा साफेबगर नगरपालिकाको समन्वयमा होमस्टे संचालनमा आएको हो । स्थानीयबासी र  वडा कार्यालय र एसनेपालको लगानीमा अछामको तुका टोलका ५ घरमा होमस्टे संचालन गरिएको वडा अध्यक्ष प्रकाश रानाले जानकारी दिनुभयो । होमस्टे संन्चालन गरीएका घरहरु ३ वटै निकायले मिलेर नया घर निर्माण सन्चालन गरेका छन । खप्तड घुम्न जाने पर्यटकका लागि बाटोमा खान र बस्न समस्या रहेका बेला तुकामा होमस्टे संचालन भएसगै पर्यटक भित्रयाउन मद्दत पुग्ने यस नेपालका टिम लिडर गोरख महताले बताउनुभयो । होमस्टेमा २० देखि २५ जना सम्म पर्यटक बास बस्न सक्ने ब्यबस्था गरिएको  होमस्टे संचालक मक्र कडायतले बताउनुभयो । अछामको खप्तडको तुकाबाट खप्तड पाटनमा पुग्न करिव ४ घण्टा समय लाग्ने गर्दछ । उद्घाटन कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधी, संचारकर्मीलगायतको बाक्लो उपस्थिति रहेको थियो ।