Close This

डाक्टरलाई निजी क्लिनिकमै भ्याई नभ्याई

आफै थलिएको अंचल अस्पताल 

सोमबार चैत ५, २०७४/ Monday 03-19-18
Paschim Today

टेकेन्द्र देउवा, धनगढी,५ चैत । 
बिरामी संग गुनासो बाहेक केहि छैन । प्रशासन र ब्यबस्थापन समितिलाई समस्या बुझ्ने फर्सद पनि छैन । प्रदेश नं ७ को एक मात्रै रिफरल अस्पताल अस्तब्यस्ताले आफै थलिएको छ ।
अस्पतालमा जनशक्ति , भौतिक संरचना , आवश्यक उपकरण र चिकित्सकको अभावका कारण विरामीले उपचार पाउन निकै सास्ती भोग्नु परेको छ । प्रदेशको एकमात्र उपचार पाउने यो अस्पताल जीर्ण र अब्यबस्थित भएको छ । सर्वसाधारणले अस्पतालमा आएपछि उपचार पाउने प्रकृयाका बिषयमा जानकारी पाउनै कठिन छ । अस्पतालमा चाप बढेपछि बिरामीले बेड भर्नाको समय समेत छोट्याउनु परेको छ, ‘ सेती अंचल अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेट शेर बहादुर कमरले भने,‘ बेडको अभाव भएपछि नजिकका बिरामीलाई दोश्रो दिन फर्किने गरि घर पठाउने गरिन्छ । अन्य समय भन्दा गर्मिको बेला बिरामीको चाप बढी हुने गरेको निमित्त सुपरीटेण्डेट कमरले बताए । उनले भने,गर्मि बढेकाले बिरामी बढेका छन् । दैनिक ३ सयको हाराहारीका बिरामीको नाम दर्ता हुने गरेको स्पतालले जनाएको छ ।
अस्पताल नै अस्तब्यस्त भएपछि त्यसको मार बिरामीमा परेको छ । बिरामीले नाम दर्ता   गर्न र ऐक्सरेको लागि पैशा बुझाउन घण्टौ लाईनमा बस्नुपरेको छ । लाईनमा बस्नु पर्दा बिरामी ढल्ने समस्या समेत देखिएको छ । बढ्दो गर्मि संग बिरामीको चाप बढ्दा चेकजाँचको लागि आउने बिरामीले पालो समेत पाउन सकेका छैनन् । अंचल अस्पतालमा पालो नपाउने भएपछि बिरामीहरु निजि  क्लिनिक धाउने गरेका छन् । जस्का कारण बिरामीको ढाड सेकाई हुने गरेको छ । सम्वन्धीत रोगका बिरामीलाई चेकजाँच गर्ने संख्याको सिमा तोकिएकाले पनि एक्सरे, ल्याव परिक्षणका लागि बिरामी निजि  क्लिनिक मै जानुपर्ने बाध्यता रहेको छ ।
बिहानै देखि लाईनमा बसेर बल्ल पालो पाए कैलाली मसुरीयाकी करिश्मा चौधरीले भनिन्,‘अहिले ऐक्सरे गर्ने संख्या पुग्यो भनेर फर्काई दिए ।” उनले आफु तल्लो पेट दुख्ने समस्याका कारण अस्पताल आएको बताईन । करिश्मा घण्टौ लाईनमा बसेर चेकजाँच गर्न पालो नपाउने एउटा प्रतिनिधी मात्रै हुन यहाँ सयौ बिरामीहरुको यस्तै अबस्था छ । घुमाउरो तरीकाले ति बिरामीलाई निजि  क्लिनिक पठाउने काम हुन्छ जहाँ सेती अंचल अस्पतालका डक्टरहरु जोडिएका हुन्छन् । अंचल अस्पतालमा थोरै समय देखिने डाक्टरहरु अधिकांस समय निजि  क्लिनिकमै हुन्छन् । उनिहरुलाई सेती अंचल अस्पतालको डिउटी भन्दा निजि  क्लिनिक जानुको हतारो हुन्छ । अस्पतालकै कर्मचारीहरुले बाहिर निजि  क्लिनिकहरु संचालन गरेका छन् । श्रोतका अनुसार कतिपय  क्लिनिकमा अस्पतालका डाक्टरहरुको पनि लगानी रहेको छ । त्यस कारण पनि अस्पतालमा सास्ती दिएर बिरामीलाई निजि  क्लिनिक जान बाध्य पार्ने गरेको गुनासो आउने गरेको छ ।  
छोरीको उपचारका लागि आएका बैतढी सलेनाका शिक्षक जीतराज भट्टले अस्पतालमा सेवा पाउन निकै कठिन भएको गुनासो गरे । ‘अस्पतालले दिंदै आएको उपचार सेवा लिन सवैले सक्दैनन् ’ उनले भने ‘सेवा लिन आवश्यक सोधपुछ गर्ने काउण्टर समेत अस्पतालमा छैन् ’। इमर्जेन्सीसंगै राखिएको सोधपुछ काउण्टरवाट कुनै जानकारी पाउन सकिदैन् । ब्यबस्थित रुपमा २४ घण्टा आवश्यक सेवा लिन सोधपुछ गर्न बेग्लै काउण्टरको समेत अस्पतालले ब्यबस्था गर्न नसकेको उनले गुनासो गरे । ५ दिन अस्पतालमा बिताएका शिक्षक भट्टले भने ‘उपचार गर्न आउनु भनेको यातना भोग्नु जस्तै छ’। अस्पतालमा उपचार गर्न आएका हरेक बिरामीका गुनासा यस्तै छन् । उपचारका लागि आएका कुनै पनि विरामी अस्पतालको सेवावाट सन्तुष्ट भएर फर्केका कमै उदाहरण पाइएलान । हेर्दै डरलाग्दो ४६ बर्ष अघि निर्माण भएको अस्पतालको पुरानो जीर्ण भवनमा सुत्केरी सेवा संचालनमा रहेको छ । सरसफाइ पनि छैन् ।  दिउंसै वत्ति वाल्नुपर्ने यो भवन जुनसुकै समयमा पनि भत्कीन सक्ने र ठूलो दुर्घटना हुन सक्ने अस्पतालकै कर्मचारी आशंका ब्यक्त गर्छन् । ०६० सालमा निर्माण भएको अर्को भवन पनि ब्यवस्थित हुन सकेको छैन् । नयां वनेको भवनमा पनि प्रशस्त ठाउं छैन् । शौचालय र सरसफाइ जस्ता सामान्य सुबिधा समेत अस्पतालमा उपलब्ध नभएपछि बिरामीले सास्ती भोग्नु परेको छ ।
८ वटा विभाग भएको अस्पताल ०३७ सालमा कायम भएको दरवन्दीको भरमा अहिलेसम्म संचालन भइरहेको छ । ४ दशक अघि र अहिलेको स्थितिमा निकै भिन्नता आएपनि अस्पतालको भौतिक संरचना , दरवन्दी , सेवासुबिधा , चिकित्सकीय उपकरण सवै कुरामा अस्पतालले अभाव झेलीरहेको छ । थोरै जनशक्तिले गर्न सक्ने भन्दा निकै वढी सेवा दिइरहेका छन् । बिरामीको चाप दश बर्ष यता तुलनात्मक रुपमा ५० गुना बढेको छ तर सेवा सुबिधा जनशक्ति र भौतिक संरचना पुरानै अवस्थामा छन् । 
स्वीकृत ५० वेड र अस्पताल विकास समितिले थप गरेको ७५ वेड सहित १ सय २५ शैयाको सेती अंचल अस्पतालमा पानी र विजुली जस्ता सामान्य सुबिधा समेत उपलब्ध छैनन् । अस्पताल ब्यबस्थापन समितिकी अध्यष रिता भण्डारी बमले पनि अस्पतालले गुणस्तीय सेवा दिन नसकेको स्वीकार गर्छन । उनले डिउटीको समयमा कुनै चिकित्सकले निजि क्लिनिकमा काम गरेको भेटाएमा आफुलाई जानकारी दिन अनुरोध पनि गरिन । उनले भनिन्,अमूर्त सूचना दिएर हुदैन कस्ले कहाँ गर्दैछ भनेर सूचना दिए कारर्वाही गरिन्छ । अध्यक्ष बमले भनिन्,‘म एक्लैले सुधार गर्न सक्दैन ।
अहिले अस्पतालमा २८ जनाको दरवन्दी मध्य १५ जना मात्रै हाजिर रहेका छन् । चिकित्सा परिचालन अन्तरगतका १० जना डाक्टर रहेका छन् । अस्पतालमा प्राविधिक कर्मचारीको अभावले पनि निकै सास्ती भोग्नु परेको चिकित्सकहरुले गुनासो गरेका छन् । अस्पतालमा बिभिन्न स्वास्थ्य प्राविधीक बिषयको पठनपाठन गर्ने क्याम्पसबाट ओजेटीका लागि आएका विद्यार्थीहरुको भिडभाड देखिन्छ । उनिहरुले गर्ने ब्याबहारबाट वाक्क बनाउने गरेको बिरामीहरु बताउँछन् ।