Close This

शैलेश्वरी मन्दिरमा महायज्ञ सुरु 

हिन्दु धर्मको संरक्षण गर्ने पनि यो महायज्ञको उद्देश्य

सोमबार चैत ५, २०७४/ Monday 03-19-18
Paschim Today

पश्चिम टुडे, डोटी, चैत्र ५ ।’साझा मंगलद्वीपमा अझ बढी घिउ तेल थप्दै गरौं, शिक्षाको अभियानमा सव मिली संगै अगाडि बढौं“ भन्ने मुल नाराका साथ डोटी जिल्ला सदरमुकाम सिलगढीमा रहेको प्रसिद्ध धार्मिक स्थल शैलेश्वरी मन्दिरमा धार्मिक ज्ञान महायज्ञ सुरु भएको छ । 
डोटी क्याम्पसको शैक्षिक विकासका लागि आयोजना गरिएको उक्त महायज्ञको कैलाली धनगढीमा रहेको लक्ष्मीनारायण मन्दिरका सन्त श्री १००८ गुरु देवराज आचार्यले आईतवार दिउसो १२.३० मा उद्घाटन गरेका हुन । 
चैत्र ११ गतेसम्म सञ्चालन हुने महायज्ञमा गैडाकोट नवलपरासीको सुकदेव भागवत आश्रमकी बिदुषी यशोदादेवी कौण्डिन्यद्वारा श्रीमद्भागवत महापुराणको दार्शनिक प्रवचन हुने शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष तथा महायज्ञका संरक्षक प्रेमशंकर भट्टले बताए । ’हिन्दु धर्मको संरक्षण गर्ने पनि यो महायज्ञको उद्देश्य हो“ अध्यक्ष भट्टले भने ’महायज्ञमा प्रत्येक दिन पुजापाठ, रुद्री पुजा, भागवत पाठ परायण, प्रवचन तथा बिभिन्न भाषामा कीर्तन हुनेछ ।“’ 
२०१७ सालमा स्थापना भएको त्रिभुवन बिश्वबिद्यालयको सुदूरपश्चिम क्षेत्रको पहिलो आंगिक क्याम्पस डोटी क्याम्पसमा प्राबिधिक शिक्षाको अध्ययन÷अध्यापनका लागि अर्थ संकलन गर्ने मुल उद्देश्यका साथ आयोजना गरिएको डोटी क्याम्पसका प्रमुख कृष्णबहादुर कठायतले जानकारी दिए । ’शिक्षाको परम्परागत परिभाषा ज्ञान आर्जन गर्नु मात्रै थियो तर अहिले ज्ञान आर्जन मात्रै होईन ज्ञान र सीप आर्जन शिक्षाको परिभाषा बनेको छ“ क्याम्पस प्रमुख कठायतले भने ’त्यसैले अव प्राबिधिक शिक्षामा जोड् दिनु पर्छ भन्ने उद्देश्यका साथ यो महायज्ञ आयोजना गरिएको हो ।“’ 
कठायतले यस बर्षदेखि क्याम्पसमा कम्प्युटर बिज्ञानमा स्नातक तहको अध्ययन सुरु भएको बताउँदै अर्को बर्षदेखि कृषि बिज्ञान बिषयमा स्नातक तहको पढाई सुरु गरिने बताए । उनले भने ’अव साधारणतर्फ बिद्यार्थीहरुको चाप घट्दै गएको छ, त्यसैले साधारण परिवारका बिद्यार्थीहरुको पनि प्राबिधिक शिक्षामा पहुँच पु¥याउन प्राबिधिक शिक्षाको अध्ययन÷अध्यापन गराउन जरुरी छ ।“ महायज्ञबाट संकलन भएको रकमको पूर्ण रुपमा सदुपयोग हुने प्रतिवद्धता व्यक्त गर्दै उनले भने ’यो रकम मुख्यतः भौतिक पूर्वाधार र प्रयोगशाला निर्माणमा खर्च गरिनेछ ।“’ 
उक्त महायज्ञले डोटीको शिक्षा क्षेत्रमा सर्वाङ्गिण बिकास गर्न महत्वपूर्ण योगदान दिने महायज्ञ मुल आयोजक समितिका संयोजक एवं दिपायल सिलगढी नगरपालिकाका पूर्व नगर प्रमुख पूर्णराज जोशीले जानकारी दिए । उनले भने ’धर्मप्रति आस्ता भएका भक्तजनहरुले जिल्लाको शैक्षिक विकासका लागि पक्कै पनि दिल खोलेर सहयोग गर्नु हुनेछ ।“’
यसअघि आईतवार बिहान सिलगढी–साँफे सडक जिरो प्वाईण्टबाट शैलेश्वरी मन्दिरसम्म कलश यात्र निकालिएको थियो । शिक्षा, मानविकी र व्यवस्थापन संकायमा स्नातक र मानविकी तथा समाजशास्त्र संकायतर्फ नेपाली र समाजशास्त्र बिषयमा स्नातकोत्तर तहसम्मको पढाई हुँदै आएको डोटी बहुमुखी क्याम्पसमा यस बर्षदेखि कम्प्युटर बिज्ञानमा स्नातक तहको पढाई सुरु गरिएको हो ।