Close This

बोगटान सडक निर्माणमा कछुवा गती

स्थानियवासि निरास

सोमबार चैत ५, २०७४/ Monday 03-19-18
Paschim Today

पश्चिम टुडे, डोटी, चैत्र ५ ।निर्माण कार्य सुरु गरिएको ३३ बर्ष पुरा हुदा पनि बि.पि.नगर–बोग्टान–दिपायल सडकले पूर्णता पाउन सकेको छैन । कैलालीका दुई र डोटीका ४ वटा गाउँपालीका जोडेर क्षेत्रिय सदरमुकाम दिपायल नजिक्याउने वोगटान सडकको सडकको अहिलेसम्म ६५ किलोमिटर सडक ट्रयाकमात्र खोलिएको छ ।  यो २०४२ साल देखि निर्माण कार्य थालिएको सडक हो ।  सुरुमा  राष्ट्रिय योजना परेर काम थालेको भएपनि अहिले प्राथमिकताबाट हटाईएपछि सडक निर्माणले कछुवा गति लिएको हो ।जंगल क्षेत्रमा बतावरण प्रभाव अध्ययनमा भएको ढिलाईले दुईवटा आर्थिक बर्षको बजेट फ्रिज गयो,‘क्षेत्रीय सडक निर्देशक शिव कुमार नेपालले भने,  तावरणिय प्रभाव अध्ययन भएपछि काम निरन्तर मैरहेको छ । अहिले सडक निर्माणका लागि रकमको अभाव नरहेको बताएका छन् ।
बोगटान सडक डोटी जिल्लाकै सबैभन्दा पुरानो सडक हो । सडक अलपत्र पर्दा यहाको जिवनस्तर समेत माथि उठ्न सकेको छैन  । निर्माणाधिन यो सडक निर्माण कार्य अनिश्चित भएपछि स्थानियवासि निरास भएका छन् । कैलालीको चुरे गाउँपालीकाको सहजपुर देखि डोटी बडिकेदार अतरकाँडा सम्म मात्र सडक पुगेको छ । एक सय आठ किलोमिटर लामो सडकको अहिलेसम्म ६५ किलोमिटर मात्र टूा¥याक निर्माण गरिएको छ । १२ महिना १८ किलोमिटरमा मात्रै सवारी चल्ने गर्दछ । सडक डिभिजन कार्यालयले निर्माण गरिरहेको सडक तत्कालिन समयमा कृषि सडकका रुपमा नामांकरण गरेर डोटीका साविकका १७ गाविसका कृषकहरुलाई लाभ पु¥याउने उद्देश्यका साथ निर्माण शुरु भएको थियो । डोटीको खेतीयोग्य वोगटान क्षेत्रमा जाने भएपछि कृषी क्षेत्रमा विकास हुने आशा राखेका कृषकहरुले लिएको  थिए । 
बनाएको ६५ किलोमिटर सडक पनि नियमित रुपमा बाह्रै महिना चल्ने भएपनि राहत हुन्थ्यो स्थानिय नेता रघुराजा बमले भने,’६ महिना पनि गाडि चल्दैनन् । सुन्तला, केरा, तरकारी, घ्यू, मह, चुक, खसीबोका, कुखुरा, जडीवुटीको उत्पादनशिल क्षेत्र मानिन्छ ।“