Close This

औद्योगिक विकासका लागि सहकार्यको प्रस्ताव 

बुधबार चैत ७, २०७४/ Wednesday 03-21-18
Paschim Today

धनगढी,७ चैत ।
कैलाली उद्योग बाणिज्य संघको टोलीले ७ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरालाई औद्योगिक विकासका लागि सहकार्य गर्ने प्रस्ताव राखेका छन् ।

७ नम्बर प्रदेशको आर्थिक र औद्योगिक विकासका लागि सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने व्यवसायीको प्रस्ताव छ । ब्यापारीहरुले प्रदेश ७ मा थुप्रै सम्भावना भएकाले योजना बनाएर काम थाल्नुपर्ने माग राखेका छन् । उनिहरुले लिखित रुपमै प्रदेश ७ मा उद्योग स्थापनालाई प्रोत्साहन गर्न ट्याक्स फ्रि जोन बनाउनु पर्ने,गेटा बिमानस्थललाई अन्तराष्ट्रिय बिमानस्थलको रुपमा विकास गर्नुपर्ने, बिषेश औधोगिक क्षेत्र सेजको स्थापना गरिनुपर्ने, गौरीफन्टा नाकालाई अन्तराष्ट्रिय नाकाको रुपमा विकास गर्नुपर्ने, प्रदेश ७ लाई अन्य प्रदेश सरह बजेटको ब्यबस्था गर्नुपर्ने गरि १४ वटा माग राखेका छन् ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बोगटीले अर्थमन्त्रीबाट सकारात्मक प्रतिक्रिया पाएको बताए । उनले भने,‘कतिपय प्रदेश सरकारले पुरा गर्ने माग छन् भने कतिपय संघिय सरकार संग समन्वय गरेर पुरा हुने मागहरु रहेका छन् ।”
उद्योग वाणिज्य संघको टोलीलाई प्रतिक्रिया दिँदै मन्त्री बोहराले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेरै अगाडि बढ्ने बताए । ‘प्रदेशलाई समृद्ध बनाउन निजी क्षेत्रको सहयोग चाहिन्छ,’ मन्त्री बोहराले भने, ‘प्रदेशको आवश्यकता हेरेर वाणिज्य संघका मागलाई कार्यान्वयन गरिने छ ।’