Close This

कुप्रथा बिरुद्ध अभियान चलाउने चुन कुमारीको उद्घोष

बुधबार चैत ७, २०७४/ Wednesday 03-21-18
Paschim Today

धनगढी,७ चैत ।
७ नम्बर प्रदेश सभाका सांसद चुनकुमारी चौधरीले कुप्रथा बिरुद्धको अभियान चलाउने उद्घोष गरेकी छन् ।
मंगलबार बोक्सीको आरोपमा कुटिएकी युवती राधा चौधरीलाई आर्थिक सहयोग गर्नका लागि आयोजना गरिएको कार्यक्रममा उनले कुप्रथाका बिरुद्ध अभियान चलाउन आफैले नेतृत्व गर्ने बताएकी हुन । प्रदेश सभाका सदस्य चुनकुमारी बोक्सी आरोपमा कुटिएकी घोडाघोडी नगरपालिका ५, देउकलीकी राधा चौधरीलाई ३६ हजार आर्थिक सहयोग पनि गरेकी थिईन । सहयोगि हातहरु कुस्मा राई, रामप्रसाद राई,अनुराधा राई र स्वयम चौधरीबाट संकलन भएको रकम पिडितलाई हस्तान्तरण गरेकी हुन । बोक्सी प्रथाविरुद्धको अभियानमा पिडित राधा चौधरीलाई समेत अभियन्ताका रुपमा सहभागी गराईने चुन कुमारीले बताईन ।
महिला माथी अझै बिभिन्न नाममा हिँसा भैरहेको बताउदै प्रदेशसभा सांसद लक्ष्मी चौधरीले यस्ता घटनाका बिरुद्ध सबैले हातेमालो गर्नुपर्ने बताईन । उन पिडित राधा चौधरीलाई सहयोग गर्नका लागि विभिन्न क्षेत्र संग सहकार्य भैरहेको बताईन ।
जिल्ला समन्वय समिति कैलालीका अध्यक्ष सुर्यबहादुर थापाले समाजमा भएका कुरितिका बिरुद्ध सबैले हातेमालो गर्नुपर्ने बताए । 
पिडित राधा चौधरीले स्वास्थ्य अवस्थामा क्रमिक सुधार भैरहेको बताईन । देउकालीयामा बस्ने वातावरण बनाईदिन पनि उनले आग्रह गरिन  । उनले सामाजिक कुप्रथाका बिरुद्धमा अभियान सञ्चालन गर्ने बताईन ।