Close This

अनुगमनमा जान सवारी छैन : शिक्षा निर्देशक

बिहीबार चैत ८, २०७४/ Thursday 03-22-18
Paschim Today

धनगढी,८ चैत ।
सुदूरपश्चिम क्षेत्रीय शिक्षा निर्देशक मान सिंह बिष्टले माध्यमिक शिक्षा परीक्षाको अनुगमन गर्न सवारी नै नभएको गुनासो गरेका छन् ।
सवारी साधन नहुदा सबै परीक्षा केन्द्रहरुमा पुगेर अनुगमन गर्न सकिने अबस्था नरहेको निर्देशक बिष्टले बताए । परीक्षालाई मर्यादित बनाउनका लागि अनुगमन गर्नै पर्छ निर्देशक बिष्टले भने,‘ हामी संग सवारी नै छैन ।” क्षेत्रीय शिक्षा निर्देशनालयमा रहेको गाडी आन्तरिक मामिला तथा कानुन मन्त्रालयले झिकाएपछि आफुहरु सवारी बिहीन भएको गुनासो निर्देशक बिष्टले गरे । उनले भने,हामीले प्रयोग गर्ने गाडी र ड्राईभर समेत आन्तरिक मामिला तथा कानुन मन्त्रालयले धनगढी तानेको छ ।”
सुदूरपश्चिम क्षेत्रीय शिक्षा निर्देशनालय दिपायलको गाडी आन्तरिक मामिला तथा कानुन मन्त्रीका स्वकीय सचिव खगेन्द्र रावल र भरत शाहले प्रयोग गर्दै आएका छन् । क्षेत्रीय शिक्षा निर्देशक बिष्टले शिक्षा निर्देशनालयका माथिल्ला निकाय संग समन्वय नै गाडी झिकाएकोे बताए । उनले क्षेत्रीय शिक्षा निर्देशनालय संग अनुगमन गर्ने कर्मचारी समेत अभाव भएको बताए । उनले भने, भएकाहरुलाई खटाई सकिएको छ ।