Close This

महिला हिंसा न्यूनिकरण गर

बिहीबार चैत ८, २०७४/ Thursday 03-22-18
Paschim Today


पछिल्लो समयमा सार्वजनिक भएका महिला हिंसाका घटनाले सबैलाई झस्काएको छ । यसले महिला हिंसा न्यूनिकरणका लागि काम गर्ने अधिकारकर्मी संघसंस्थाहरुको प्रभावकारीताका बिषयमा समेत प्रश्न उठ्न थालेको छ । घटनाहरुले यस जिल्लामा महिलाहिंसामा न्यूनिकरण नभएर बढोउत्तरी हुदै भएको संकेत गरेको छ । महिलाको क्षेत्रमा ठूलो रकम खर्च भैरहेको भएपनि त्यसबाट उपलब्धी के भयो भन्ने प्रश्न उठ्न थालेको छ । 
फागुन अन्तीम साता यता मात्रै कैलाली जिल्लामा २ ठूला हिंसाका घटनाहरु सार्वजनिक भएपछि सबैलाई गम्भीर बनाएको छ । पछिल्लो अवधीमा महिला माथी घटेका अमानवीय घटनाले जिल्लालाई नै लज्जीत बनाएको बताए । एक पछि अर्को गरि घटना सार्वजनिक भैरहेका छन् । प्रथा र परंपराका नाममा बढी हिंसा हुने गरेका छन् । महिला माथी लैङ्गगिक र घरेलु गरि दुई किसिमका हिंसाहरु ज्यादा हुने गरेका छन् । अहिले दुबै किसिमका हिंसाहरु बढेका छन् । 
यस बिषयमा सबैलाई गम्भीर भने बनाएको छ । फागुन २६ गतेको प्रदेशसभा बैठकमा महिला सांसदहरुले महिलामाथी घटिरहेका घटनालाई लिएर प्रदेश सरकारको ध्यान आकर्षण गराईएको थियो । यसरी चिन्ता ब्यक्त गरिरहदा समेत एक पछि अर्को गर्दै घटना दोहरी रहेका छन् । 
फागुन २४ गते कैलालीको घोडाघोडी नगरपालीका ५ देउकलीयामा राधा चौधरीलाई बोक्सीको आरोप लगाउदै कुटपिट भयो । यो घटनाले प्रदेश सरकारको मात्रै नभएर प्रधानमन्त्री समेतलाई गम्भीर बनायो । तर घटना रोकिएनन् कैलालीको छिमेकी जिल्ला कञ्चनपुरमा फागुन ३० गते स्थानीय सुनिता चन्दले बिवाह प्रस्ताव स्वीकार नगरेको झोकमा स्थानीय राजेश चन्दले अनुहारमा तातो घिउ  खन्याए । उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । फागुन ३ गते शनिबार मात्रै कैलालीको अत्तरियामा महिला हिंसाको यस्तो घटना भेटियो जो कल्पना गर्नै सकिदैन । एउटी नारीलाई उनकै श्रीमानले आफ्ना माथीबाट बलात्कार गराउने प्रयास गरे । उनको कपडा च्यातियो ।
कैलालीको गोदावरी नगरपालिका २ रिङ्गरोडमा डेरागरि बस्ने कविता जोशी (२५ वर्ष) लाई उनकै श्रीमान धनञ्जय जोशीले आफ्ना साथीहरुसाथ बलात्कारको प्रयास गरे । शनिवार मात्रै होईन त्यो भन्दा अगाडीका दिनहरुमा पनि आफ्नो श्रीमानको पिडा सहन नसकेर उनि डेरा सार्दै बस्न थानिन तर धनञ्जयले कुटपिट गर्न छोडेनन् । छोरा नपाएको निहुमा कुटपिट गर्ने धनन्जयले आफ्नै श्रीमतीलाई यौनधन्ना गर्न बाध्य पार्ने सम्मको प्रयास गरे गरिरहेका छन् ।
छोरी जन्माएको भन्दै उनिमाथी हिंसा भैरहेको छ । यि प्रतिनिधी घटना मात्रै हुन । यहाँ हरेक दिन महिला हिंसाका घटना घटिरहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली महिला सेलको तथांक अनुसार कैलाली जिल्लामा आर्थिक बर्ष २०७३ ÷०७४ देखि आर्थिक बर्ष २०७४÷०७५ को चैत पहिलो साता सम्म घरेलु हिंसाका ३०३ घटना र सोही अवधीमा लैङ्गिक हिंसाका १२५ घटना गरि ४२७ प्रहरीमा दर्ता भएका छन् । यि घटना मध्य अधिकांस मिलापत्रमा टुङ्गिएका छन् । महिलासेलको तथांक अनुसार यस अवधीमा घरेलु हिंसाका १९४ मुद्धा मिलापत्रमा टुङ्गिएका छन् । बाँकी ३७ मुद्धा सम्वन्धीत निकायमा गएका छन् भने ७२ वटाको टुङ्गो लागेको छैन । त्यसैगरी लैङ्गिक हिंसाका ८० मुद्धा मिलापत्रमा टुंङ्गिएका छन् । ७ वटा मुद्धा सम्वन्धीत निकायमा गएका छन् भने ३८ वटाको टुङ्गो नलागेको तथांक रहेको छ । यसरी महिला हिंसाका घटनाहरु घट्नुको साटो किन बढोत्तरी भैरहेका छन् । यसको कारण खोज्दै हिंसा न्यूनिकरणका उपाय अपनाउनु जरुरी रहेको छ ।