Close This

बैतडीमा १ सय ५२ जना विद्यार्थीले एसईई परिक्षा दिन नपाउने

बिहीबार चैत ८, २०७४/ Thursday 03-22-18
Paschim Today

बैतडी, ८ चैत ।  
बैतडीमा १५२ जना विद्यार्थीले एसईई परिक्षा दिन नपाउने भएका छन् । विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेका, समयमै शुल्क नतिरेका तथा बीचमै विद्यालय छोडेका विद्यार्थी परीक्षाका लागि अयोग्य भएका जिल्ला शिक्षा कार्यालय बैतडीले जनाएको छ । 
बैतडीमा यस वर्षको एसइई परीक्षामा ५ हजार ८ सय भन्दा बढी परीक्षार्थी सहभागी हुने भएका छन् । यही चैत ८ गतेदेखि सुरु हुने एसईई परीक्षामा २ हजार ७ सय ३६ छात्र र ३ हजार १ सय ५८ छात्रा गरी ५ हजार ९४ परीक्षार्थी सामेल हुने जिल्ला शिक्षा कार्यालय बैतडीका विद्यालय निरीक्षक शंकरदत्त जोशीले जानकारी दिए ।
जसमा नियमिततर्फ २ हजार ५ सय ७३ छात्र र २ हजार ८ सय १६ छात्रा गरी ५ हजार ३ सय ८९ परीक्षार्थी सहभागी हुने भएका छन् भने १ सय ६३ छात्र र ३ सय ४२ छात्रा गरी ५ सय ५ जना एक्जाम्टेडतर्फ र ८ जना प्राविधिकतर्फ सहभागी हुनेछन् । परीक्षाका लागि बैतडीमा २५ केन्द्र नियमित र दुई केन्द्र एक्जाम्टेडका गरी जम्मा २७ वटा परीक्षा केन्द्र कायम गरिएको छ । परिक्षामा ८ सय बढी जनशक्ति परिचालन गरिने भएको छ । जोशीका अनुसार, २७ केन्द्राध्यक्ष, ३१ सहायक केन्द्राध्यक्ष, २ सय ४८ निरीक्षक, ४ सय ५ सुरक्षाकर्मी र १ सय ३७ जना सहयोगी गरी ८ सय ४८ जनशक्ति परिचालन हुने भएका छन् ।