Close This

डिपिएलको खेल तालीका सार्वजनिक (तालीका सहित)

बिहीबार चैत ८, २०७४/ Thursday 03-22-18
Paschim Today

धनगढी, ८ चैत । 
धनगढी क्रिकेट एकेडेमीको आयोजनामा आगामी चैत्र १७ गतेदेखि धनगढी प्रिमियर लिग क्रिकेटको खेल तालिका सार्वजनिक गरिएको छ । जसमा उद्घाटन खेलमा साविक विजेता टिम चौराहा धनगढी र काठमाडौ गोल्डेन्स विच प्रतिस्पर्धा हुनेछ । देशका विभिन्न ६ टिमको सहभागिता रहेको प्रतियोगिताको तयारी तिब्र गतिमा अगाडी बढेको छ । दर्शकका लागि अस्थाई प्याराफिट राखिने छ भने पहिलो सस्करणको भन्दा यसपटक प्रतियोगिताको आयोजना फरक रुपमा गर्ने आयोजकको लक्ष्य छ । प्रतियोगितामा सहभागि छ वटै टिमले विदेशी खेलाडी अनुबन्ध गर्ने तयारी पनि अन्तिम चरणमा पुर्याएका छन । जसमा विराटनगर किङसले हङकङका दुई खेलाडी ल्याउने तयारी गरेको छ भने अन्य टिमले पनि विदेशी खेलाडी ल्याउने तयारी गरेका छन । प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय टिम र पुर्व खेलाडी विच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको पहिलो दिन एक खेल हुने भएपनि दोस्रो दिन देखि लिग चरणमा दुई दुई खेल हुनेछन । चैत्र २५ गतेसम्म लिग चरणका खेल हुनेछन । यसअघि फाइनल खेल बैसाख १ गते हुने भनेपनि त्यो सरेर चैत्र ३० गते नै हुनेछ । प्रतियोगिताको विजेताले २५ लाख र उपविजेताले १५ लाख रुपैयाँ पाउनेछन । यस्तै उत्कृष्ट हुने खेलाडीले एउटा मोटरसाइकल पाउनेछ ।