Close This

डडेल्धुरा कारागारका कैदी सीप सिक्दै

विभिन्न किसिमका सीप सिक्दै

बिहीबार चैत ८, २०७४/ Thursday 03-22-18
Paschim Today


डडेल्धुरा, ८ चैत
जिल्ला कारागार डडेल्धुराका कैदी बन्दी विभिन्न किसिमका सीपहरु सिकिरहेका छन् । नमूना समाज नेपाल कञ्चनपुरले उनीहरुलाई सीप सिकाइ रहेको हो । नमूना समाज नेपाल कञ्चनपुरले सुधार गृहमा रहेका कैदी बन्दीहरुलाई ब्याज बनाउने, बत्ती कात्न लगायतका सीप रहेको छ । अमरगढी नगरपालिकाका प्रमुख विशेश्वरप्रसाद ओझाले कैदीबन्दीहरुको सुधार पुर्नस्थापनाका लागि नशालु पदार्थ लागु औषध सेवन विरुद्ध सचेतना तथा सीपमुलक कार्यक्रमको उद्घाटन गर्नु भएको छ । नगरप्रमुख ओझाले सुधार गृहमा रहेका कैदी बन्दीका लागि नगरपालिकाकाले कैदी बन्दीहरुले भने र चाहे बमोजीमका तालिमहरु संचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाले आफू कैदीबन्दीका लागि सीपमुलक कार्यक्रम ल्याउन तयार रहेको बताउनु भयो । यस्ता किसिमका तालिमहरुले कैदीबन्दीको बानी व्यवहार र आचरणमा सुधारमा सेवा पुग्ने उहाको भनाइ छ । कैदीबन्दीले अहिले सम्म सरकारी तवरबाट कुनै किसिमको सहयोग नभएको दुखेको पोखेका थिए ।