Close This

बझाङमा चिट चोराउने दुई जना पक्राउ

पक्राउ परेका दुबैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी बझाङमा राखिएको छ

बिहीबार चैत ८, २०७४/ Thursday 03-22-18
Paschim Today


बझाङ, ८ चैत,
बझाङको सत्यवादी उच्च माध्यामिक भोपुरमा सञ्चालित एसईईको अंग्रेजी विषयको परीक्षामा सहभागी विद्यार्थीलाई चिट दिईरहेको अवस्थामा  दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जयपृथ्वीनगरपालिका वडा नम्बर ५ का १८ वर्षिय प्रकाश सिंह र २७ वर्षिय योगेन्द्र पाण्डेय रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
उनीहरु दुबै जनालाई चिट चोराईरहेको अवस्थामा पक्राउ गरिएको हो ।
पक्राउ परेका दुबैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी बझाङमा राखिएको छ ।