Close This

एसइइको पहिलो दिनको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न,

प्रदेश नम्बर सातबाट ५५ हजार परीक्षार्थी सहभागी

बिहीबार चैत ८, २०७४/ Thursday 03-22-18
Paschim Today


धनगढी,८ चैत,
माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा आजदेखि सुरु भएको छ । पहिलो दिनको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
प्रदेश नम्बर सातका केही जिल्लामा चिट चोराउने केही व्यक्ति पक्राउ परेपनि अन्य कुनै पनि अप्रिय घट्ना नभएको प्रहरीले जनाएको छ ।
प्रदेश नम्बर सातमा एसईईमा परीक्षामा ५५ हजार ३ सय ३ जना विद्यार्थीहरु सहभागी भएका छन । 
साधारण विद्यालयका ५० हजार २ सय २१ र प्राबिधिक विद्यालयका ९ सय ९६ गरी ५१ हजार २ सय ७ जना विद्यार्थी नियमित तर्फ एसईईमा सहभागी भएका छन् । एक्जाम्टेड तर्फ ४ हजार ८६ विद्यार्थी सहभागी भएका छन् भने १ हजार ४९ विद्यालयमा अध्ययनरत विद्यार्थीले यस वर्षको एसईईमा सहभागिता जनाएका छन् ।
कैलालीमा सञ्चालित एसईई परीक्षाको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख उपरीक्षक बिनोद घिमिरे, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय धनगढीका प्रमुख उपरीक्षक श्याम कोईराला, राष्ट्रिय अनुसन्धान कार्यालय कैलालीका प्रमुख योगेन्द्र केसी लगायतको टोलीले अनुगमन गरेको थियो ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले परीक्षा शान्तिपूर्ण रुमा सञ्चालन भएको बताए ।