Close This

बर्मामा राजा रानीको सवारी

धर्म र संस्कृति जगेर्नाका लागि राज सवारी

मंगलबार चैत १३, २०७४/ Tuesday 03-27-18
Paschim Today


मोगोक(म्यानमार)
नेपालमा नेपालीहरुले आफ्नो भाषा, धर्म र संस्कृति बिर्सिदै गएपनि म्यानमार(बर्मा) मा रहेका नेपालीभाषीहरुले भाषा, संस्कृति र धर्मलाई जोगाएर राखेका छन् ।
भाषा,संस्कृति र परम्परा जगेर्नाका लागि बिबिध कार्यक्रम आयोजना गर्दै आएका नेपालीभाषीहरुले यस साता राज सवारी कार्यक्रमको आयोजना गरे । मोगोक शहर स्थापना भएको ८०० वर्ष पुगेको अवसरमा राज सवारी कार्यक्रमको आयोजना गरिएको हो । 

राजा रानीको रथारोहण सहित नेपाली पोशाकमा सजिएका महिला तथा पुरुषहरुले बर्माको मोगोक शहरमा परिक्रमा गरे । राज सवारी कार्यक्रम राजतन्त्रको स्मरण गर्दै आयोजना गरिएको हो । राजा रानी र नेपाली भेषभुषाको प्रदर्शन गरिएको राज सवारीमा नेपाली भाषीको उल्लेख्य सहभागिता रहेको थियो  । बर्मामा बिशेष सामाजिक र धार्मिक कार्यहरुमा राजसवारी कार्यक्रम आयोजना गर्ने गरिएको छ । नेपालीहरुले यसलाई सांस्कृतिक पर्वका रुपमा मनाउने गरेका छन् । बर्मामा १८८५ मा राजतन्त्रको अन्त्य भएको थियो । 
‘भाषा मेटिए संस्कृति मेटिन्छ, संस्कृति मेटिए संस्कार मेटिन्छ, संस्कार मेटिए हाम्रो मौलिक अस्तित्व नै मेटिन्छौ र हामी पनि मेटिन्छौ’ यही भावना सबै नेपाली भाषीमा छ, त्यही कारण सबै नेपाली भाषीको जगेर्नामा जुटेका छौ, साहित्यकार लक्ष्मण न्यौपाने भन्छन्, हामीबीच एउटै वाद छ, त्यो हो भाषा, संस्कृतिवाद ।