Close This

म्यान्मारको नयाँ राष्ट्रपतिमा विन मिन

बिहीबार चैत १५, २०७४/ Thursday 03-29-18
Paschim Today


चैत्र १५, २०७४ 
याङगुन — म्यान्मारको संसद्ले नयाँ राष्ट्रपतिका रूपमा विन मिनलाई निर्वाचित गरेको छ । ६६ वर्षीय मिन आङ सान सुकीका विश्वासपात्र मानिन्छन् । उनी लामो समयदेखि नेतृ सुकीको नेसनल लिग फर डेमोक्रेसीमा आबद्ध छन् ।

राष्ट्रपति बनाउने संकेत स्वरूप उनलाई गत साता उपराष्ट्रपति बनाइएको थियो ।

गत साता राष्ट्रपति टिन च्वले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएपछि नयाँ राष्ट्रपति छान्न बुधबार निर्वाचन भएको हो । निर्वाचनमा तीन उपराष्ट्रपतिहरु प्रतिस्पर्धामा थिए । संसद्को ६ सय ३६ मतमध्ये मिनले ४ सय ३ मत प्राप्त गरेका थिए भने सेना समर्थित उम्मेदवार मिन स्वेले २ सय ११ मत पाएका थिए । नवनिर्वाचित राष्ट्रपति मिन २०१२ देखि म्यान्मारको तल्लो संसद्‌मा सभामुख थिए ।