अप्रकाशित समाचार

SITENAME

कविता, अबिरल थापा ।

तलव, नपाएर सय दिन पुगेको उपलक्ष्यमा
एक विहान
उसले आत्मविद्रोह गर्ने विचार गर्यो

लेख्न बस्यो आजसम्म लेख्न नसकेको समाचार
आजसम्म लेख्न नसकेको आत्मपीडा
र लेख्यो हेडलाइन
भोकभोकै मर्दैछन् पत्रकार
समाचार सार यस्तो थियो
घरबेटीहरु साँढे भएका छन्
श्रीमतीहरु कालीमाता भएकाछन् 
प्रेमिकाहरु लोडसेडिङ्ग भएकाछन्
पसलेहरु पञ्चायतकालका मुखिया भएकाछन्
भट्टी साहुनीको हाँसोमा मादकता छैन
सागको सुकुटी सकिएको पनि एक हप्ता भइसक्यो
छिमेकीका प्रेसरकुकरहरु हरेक विहान टियर ग्याँस फ्याँक्छन् 
र रुवाँउछन् मेरा निर्दोष छोराछोरीलाई

हाकिमको अनुहार र बाउको अनुहार उस्तै लाग्छ
दुवैले चाहेको बेला कहिल्यै पैसा दिएनन्
बाउ पढदै जा भन्थे
हाकिम लेख्दै जा भन्छ
कस्को लेखिएन र समाचार जिन्दगीमा आफ्नो बाहेक
कस्को देखिएन र अत्याचार जिन्दगीमा आफ्नो बाहेक
पहिला यो कलम हतियार जस्तो लाग्थ्यो
आजकल निगालोको ठूटो जस्तो लाग्छ

भो अब लेख्दिन समाचार र गर्दिन आत्मघात
पछि लाग्दिन भाषण गर्ने जुकाहरुको
र गर्दिन अक्षरहरुको खेती बाँझा पन्नाहरुमा
र गर्दिन बलात्कार मेरा कुमारी सपनाहरुको ।
       

प्रतिकृया दिनुहोस
SITENAME

दर्द गजल संग्रहको विमोचन

पश्चिम टुडे, धनगढी २४ भाद्र । जयलक्ष्मी जोशीद्वारा लिखित दर्द गजल संग्रहको शनिवार विमोचन गरिएको छ । कवि मोतीराम भट्टको १५३ औं जन्म जयन्तीको अवसरमा

SITENAME

कथा

भुपेश ओझा आत्तिने मनमा मज्जाको ताल्चा  ठोकेरै बाचौला ।। गहको आँसु गहमै सधै , रोकेरै बाचौला !!।  तिमि त जान्छौ पराइ हुन्छौं , सम्झिन्छौ सम्झिन्नौ म

SITENAME

पग्लिने ‘पत्थर’को कथा

दीर्घराज उपाध्याय मानिस नामले होईन, कर्मले चिनिन्छ । न्वारनको नाम कस्को के थियो, कमैलाई थाह हुन्छ । उसको परिचय र पहिचान कर्मले गराउछ । त्यही कर्मले नाम