Close This

धनगढीमा विन्दास मिडिया अवार्ड हुने

आइतबार चैत १८, २०७४/ Sunday 04-01-18
Paschim Today

पश्चिम टुडे, धनगढी, चैत्र १८ ।  थारु भाषा, कला, साहित्यको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले धनगढीमा विन्दास मिडिया अवार्ड २०७५ हुने भएको छ । घोडाघोडी मिडिया ग्रुप (विन्दास मिडिया) को आयोजनामा बैशाख २१ गते अवार्ड वितरण कार्यक्रम हुने शनिवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । अवार्डको लागि थारु कला, संस्कृति, फिल्म, भाषा क्षेत्रमा योगदान पु¥याएका तथा क्रियाशिल रहेकाहरुलाई अवार्डको लागि निःशुल्क आवेदनको लागि आह्वान गरिएको छ ।   एसएमएस भोटिङ प्रक्रियामार्फत प्रतियोगीहरुलाई छनौट गरी पुरस्कृत गरिने घोडाघोडी मिडिया ग्रुपका संयोजक हरेन्द्र चौधरीले जनाए । उनले सर्वोत्कृष्ट आधुनिक गायन (पुरुष/महिला), लोक गीत गायन (महिला÷पुरुष), पप गायन (महिला-पुरुष), फिल्म स्क्रिप्ट लेखन, गीत लेखन, फिल्म निर्देशन, म्युजिक भिडियो निर्देशन विधामा पुरुस्कृत गरिने जनाए । 
यसैगरी, सर्वोत्कृष्ट द्वन्द्व निर्देशन, संगीतकार, छायाकार, सम्पादन, नवप्रतिभा, एल्बम, गीत, मोडल, म्युजिक कम्पनी, कला पत्रकारितालगायत ३५ विधामा अवार्ड वितरण गरिने संयोजक चौधरीले जानकारी दिए ।