Close This

किसानलाई मिनी टेलर वितरण

लघु उद्यम विकास कार्यक्रमको ८० प्रतिशत अनुदान

सोमबार चैत १९, २०७४/ Monday 04-02-18
Paschim Today

सुन्दरसिंह धामी, दार्चुला, चैत्र १९ ।  गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत दार्चुलाका तीन ओटा स्थानीय तहका विभिन्न सात वटा सफल कृषक समूहहरुलाई एक-एक ओटा खेत जोत्ने एग्रीकल्चर टेलरहरु प्रदान गरिएको छ । लघु उद्यम विकास कार्यक्रमको ८० प्रतिशत अनुदान सहयोगमा शैल्यसिखर नगरपालिकामा २ ओटा, मालिकार्जुन गाउँपालिकामा २ ओटा र महाकाली नगरपालिकामा ३ ओटा मिनी टेलर कृषकलाई वितरण गरिएको हो । चालु आर्थिक वर्षमा तालिम लिएर उद्यम गरिरहेका ३ सय ६९ 
जना कृषकलाई स्तरोन्नति गर्ने कार्यक्रम अन्तरगत कृषि सामाग्री वितरण गरेको जनाइएको छ । महाकाली नगरपालिकाका ६९ जना सहित ३ सय ६९ जनालाइै स्तरोन्नति गर्नुपर्ने र थप २ सय जनालाई नयाँ उद्यमी बनाउनु पर्ने कार्यक्रम अन्तरगत मिनी टेलर लगायतका बिभिन्न कृषि सामाग्री हस्तान्तरण गरेको रिड्स दार्चुलाका कार्यक्रम संयोजक जगदिश चन्द्र अवस्थीले बताए ।