Close This

धनगढीमा शैक्षिक मेला सम्पन्न   

एसपिए कलेजको मुख्य प्रायोजन तथा रेडिकल ब्रिजकोर्षको विशेष सहयोगमा आयोजना

सोमबार चैत १९, २०७४/ Monday 04-02-18
Paschim Today

पश्चिम टुडे, धनगढी, चैत्र १९ । धनगढीमा एसपिए प्रभात शैक्षिक मेला सम्पन्न भएको छ । सुदुर पश्चिममा भएका शिक्षाका सम्भावनालाई उजार गर्ने तथा एसईई दिएर बसेका विद्यार्थीहरुका लागी एकै स्थानमा विभिन्न कलेजहरु उपस्थीति गराई कलेज तथा विषय छनोटमा विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । 
गुणस्तरिय शिक्षा सुदुर पश्चिममै नारा रहेको यस मेलामा धनगढीका १० वटा स्कूल क्याम्पस र २ वटा नृत्य गायन तथा कम्प्युटर प्रशिक्षण केन्द्र सहित जम्मा १२ वटा संस्थाका १२ वटा स्टल रहेका थिए ।  एसपिए कलेजको मुख्य प्रायोजन तथा रेडिकल ब्रिजकोर्षको विशेष सहयोगमा आयोजना भएको मेला प्रकाश छेडालको सभापतीत्व तथा सुप कला प्रतिष्ठानका महासचिव गुणाकर पनेरुको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । मेलामा विभिन्न विद्यालयका विद्यार्थी तथा कलाकारहरुले सांगितीक प्रस्तुती पनि पस्केका थिए ।