सुन्दर शुक्लाफाँटाको थोरै क्षेत्रफलमा धेरै बाघ

SITENAME

रासस
अहिले वसन्त ऋतुको याम छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको विशाल घाँसे मैदानको पश्चिमतर्फ सूर्यास्तको मनोरम दृश्यसँगै बाह्रसिङ्गेको झुण्ड सहजै देख्न पाइन्छ ।  पचपन्न वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो मुलुककै ठूलो घाँसे मैदान हो । घाँसे मैदानको वरपर पलाँसका रुख यतिबेला पहेँलपुर भएका छन् । पलाँसको फूलले शुक्लाफाँटा निकुञ्ज घुम्न आउने जोकोहीलाई पनि मन्त्रमुग्ध पार्छ । 
घाँसे मैदानमा दुई हजार ३०० भन्दा बढीको संख्यामा रहेको बाह्रसिङ्गेको झुण्ड देख्न पाइन्छ । बाह्रसिङ्गेसँगै निकुञ्जभित्र १७ वटा वयस्क बाघ रहेका छन् । यिनकै कारण आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने गरेका छन् । निकुञ्जको प्राकृतिक सौन्दर्यता, यहाँ रहेका विभिन्न वन्यजन्तु, विभिन्न प्रजातिका चराचुरुङ्गीका कारण यहाँ घुम्न आउने पर्यटकको संख्या वर्षेनी बढ्दो छ । 
पछिल्लो समय शुक्लाफाँटा वन्यजन्तु आरक्षलाई निकुञ्जमा स्तरोन्नति गरिएको छ । बाह्रसिङ्गेबाहेक शुक्लाफाँटा बाघका कारण प्रख्यात छ । ‘शुक्लाफाँटा थोरै क्षेत्रफलमा धेरै बाघ भएको निकुञ्ज हो’, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत गोपाल घिमिरेले भन्छन्–‘बाघको संख्या बढ्दो क्रममा छ ।’ 
आहार र वासस्थानको उचित व्यवस्थापनकै कारण यहाँ थोरै क्षेत्रफलमा धेरै बाघ रहेका घिमिरे बताउँछन् । सन् २०१७ मा गणना गर्दा शुक्लाफाँटामा १७ वटा बाघ भेटिएका हुन् । हालै राष्ट्रिय बाघ गणनाका क्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले बाघ गणना गरेको छ । विभागले गत माघ २१ गतेदेखि १९ दिन लगाएर बाघ गणना गरेको हो । सन् २००९ मा पहिलो पटक यहाँ बाघको गणना गरिएको थियो । त्यसबेला वयस्क बाघको संख्या आठ मात्रै थियो । 
‘जेठ अन्तिमसम्म बाघको संख्या सार्वजनिक गर्छौं’, राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटाका संरक्षण अधिकृत अनिल प्रसाईंले भने । बाघ गणनाका लागि सातवटा हात्ती प्रयोग गरिएको थियो । एघार समूह बनाएर करीब १०० जनालाई गणनामा खटाइएको थियो । 
‘क्यामेरा अभावले तीनपटक गरेर बाघ गणना गरेका थियौँ’, प्रसाईंले भने । निकुञ्जको २६० ठाउँमा ५२० वटा क्यामरा प्रयोग गरिएको थियो । निकुञ्जसँगै मध्यवर्ती क्षेत्र, लालझाडी, ब्रह्मदेव करिडोर र डडेल्धुराको जोगबुढा क्षेत्रमा बाघको गणना गरिएको हो । 
निकुञ्ज, जिल्ला वन कार्यालय, नेपाली सेना, सामुदायिक वन समन्वय समिति, राष्ट्रिय प्रकृति संरक्षण कोष, जेडएसएल नेपाल, डब्लूडब्लूएफ नेपालका प्रतिनिधि तथा विभिन्न विश्वविद्यालयका विद्यार्थीसहितको टोली बाघ गणनामा खटिएको थियो । 
अन्यत्रजस्तो अहिलेसम्म निकुञ्जबाट बाघ बाहिर ननिस्केको निमित्त संरक्षण अधिकृत घिमिरे बताउँछन् । ‘सुरक्षा प्रबन्ध राम्रो छ’, उनले भने । अहिले भवानी बक्स गणले निकुञ्ज सुरक्षा गरिरहेको छ । निकुञ्ज सुरक्षाका लागि चौतर्फी नेपाली सेनाको सुरक्षा पोष्ट राखिएको छ । 
निकुञ्जको बाबाताल, रानीताल, लालपानी र शुक्लाफाँटा क्षेत्रमा बाघ देखिने सम्भावना बढी हुन्छ । निकुञ्जमा पस्ने अधिकांशको इच्छा बाघ हेर्ने नै हुन्छ । ‘बाघ देख्न त्यति सहज छैन’, संरक्षण अधिकृत प्रसाईंले भने । बाघको वासस्थान र निकुञ्जभित्रको पदमार्गबीचको दूरीले सहजै देख्न नपाइएको उहाँको भनाइ छ । 
यहाँ ४२४ प्रजातिका चराचुरुङ्गी रहेका छन् भने १७ वटा एकसिङ्गे गैँडा छन् । सातवटा घरपालुवा हात्ती छन् । निकुञ्जको अर्जुनीफाँटा क्षेत्रमा ६४ कृष्णसारसमेत रहेका छन् । सन् २०१० मा बाँके र बर्दियाबाट यहाँ कृष्णसार स्थानान्तरण गरिएको हो । संसारकै सबैभन्दा ठूलो बाह्रसिङ्गेको झुण्ड यही निकुञ्जमा हेर्न पाइन्छ । यहाँ जंगली हात्तीको संख्या २० भन्दा बढी रहेको आरक्ष प्रशासनले जनाएको छ । 
‘अहिलेसम्म शुक्लाफाँटाको खासै प्रचारप्रसार हुन सकेको छैन”, पर्यटन व्यवसायी परमानन्द भण्डारी भन्छन्–‘बिस्तारै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा शुक्लाफाँटा पर्न थालेको छ ।’
निकुञ्जसँगै जोडिएको क्षेत्रमा राना थारु समुदायले मिलेर ‘राना थारु होमस्टे’ (घरबास) सञ्चालनमा ल्याएका छन् । निकुञ्जदेखि छ किलोमिटर टाढा दोधारा–चाँदनीमा एशियाकै लामो झोलुङ्गे पुल रहेको छ । 
विसं २०२६ मा यहाँ शिकार आरक्ष स्थापना भएको हो । पछि २०३१ सालमा बन्यजन्तु आरक्षका रूपमा विकास गरिएको हो । शुक्लाफाँटा ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । गत वर्ष आरक्षलाई निकुञ्जमा परिणत गरिएको हो । कूल क्षेत्रफलको करीब १७ प्रतिशत भूभाग घाँसे मैदानले ओगटेको छ । विसं २०६१ मा यहाँ मध्यवर्ती क्षेत्र घोषणा गरिएको थियो ।  चालू आर्थिक वर्षको साउनदेखि हालसम्म दुई हजार ६०० भन्दा बढी आन्तरिक र बाह्य पर्यटकले निकुञ्जको भ्रमण गरिसकेका छन् । तीमध्ये तीनसयभन्दा बढी बाह्य पर्यटक रहेको निकुञ्ज कार्यालयले जनाएको छ । गत आवमा करीब दुई हजार ६०० पर्यटकले निकुञ्जको अवलोकन भ्रमण गरेका थिए । 

प्रतिकृया दिनुहोस
SITENAME

संकटमा पर्दै झिलमिला ताल

कञ्चनपुर, १२ मसिर । कञ्चनपुरको उत्तरी क्षेत्र चुरेमा रहेको धार्मिक पर्यटनको झिलमिला ताल संरक्षणको अभावले सङ्कटमा पर्दै गएको छ । पर्याप्त

SITENAME

मन्त्रमुग्ध बनाउने जाखोर सिमसार 

धनगढी, ९ मंसिर । एक सय १६ प्रजातिको वनस्पति । सुन्दर, शान्त वातावरण । अनि, रमणीय ठाउँ । देवहरिया वनस्पति उद्यानको प्राकृतिक सुन्दरताले कसको मन आनन्दित

SITENAME

जाखोर तालको जलकुम्भी हटाउने अभियान सुरु

धनगढी, ८ मंसिर । धनगढी उपमहानगरपालिका–७ मा रहेको जाखोर तालको जलकुम्भी हटाउने अभियान सुरु भएको छ ।      ताललाई पर्यटकीय गन्तव्यको रुपमा विस्तार