Close This

धनगढी –मनपडी,गृहमन्त्री, पत्रकारिता र प्रदेश सरकार

माननीय गृहमन्त्री ज्यू तपाईं कसको ऐजेण्ट हो ?

शुक्रबार चैत २३, २०७४/ Friday 04-06-18
Paschim Today

माननीय गृहमन्त्री ज्यू तपाईं कसको ऐजेण्ट हो ?
डीआर पन्त ।
लोकतन्त्रमा सवै नीतिहरुको मियो राजनीति हो । राजनीति ठीक छ भने अरु नीति ठीक हुन सक्छन तर राजनीति नै फोहोर, विकृत विसंगति युक्त भयो भने त्यसको प्रभाव सवै नीतिमा पर्ने गर्छ । हामीले लामो संक्रमणमा पनि यो कुरा भोगेका छौं । अहिले मुलुकको जुन स्थिति छ त्यो स्थिति ल्याउनुमा समाजका अरु अंग भन्दा पनि राजनीतिक दल र त्यसका नेता कार्यकर्ताको ठूलो भूमिका छ । जव जव राजनीति गर्नेहरु गलत वाटोमा हिड्न थाल्छन त्यो समयमा मिडीया वोल्छ , मिडीयाले राजनीतिलाइ सही दिशामा जाने सन्देश दिन खोज्छ , राजनीतिलाइ समाज हितमा डोरिन प्रेरणा दिन खोज्छ । हिजोका दिनमा आफ्नो पार्टी कार्यालय भन्दा वाहिर दलहरु निस्कन नसकेको स्थितिमा पनि मिडीयाले दलहरुलाइ सडकमा ल्यायो, मिडियाको भुमिकाले दलहरु सडकमा आउन वाध्य भए जसको परिणाम थियो ०६२–०६३ को ऐतिहासिक जनआन्दोलन ।
जुनवेला माधव नेपालहरु प्रधानमन्त्री हुन विन्तिपत्र हाल्दै थिए , जुन समय देउवाहरु गोर्खाली राजाले न्याय दिएको अभिब्यक्ति दिंदै हिंडेका थिए , जुन वेला केपी ओलीहरु गणतन्त्रलाइ वैलगाडामा अमेरिका जाने कुरासंग तुलना गर्दै थिए त्यो समय नेपाली प्रेस निरंकुशता बिरुद्ध सडकमा प्रहरी र सेनाको निशाना वनीरहेको थियो । आज स्मरण गर्दा लाग्छ नेपाली राजनीतिका यि पात्रहरु सहजता हुने बित्तिकै आफ्ना विगत बिर्सन थाल्छन ।  शक्ति तथा पद पाउने बित्तिकै यिनमा जाग्ने अहंकार र इनका गलत क्रियाकलापले समाजमा फेरी राजनीति प्रति बितृष्णा जाग्न थाल्छ । विगतको प्रजातान्त्रीक ब्यबस्था असफल हुनुमा यस्तै राजनीतिक पात्र प्रमुख कारण हो ।
प्रदेश गृहमन्त्री प्रकासबहादुर शाहमा यस्तै अहंकार जागेको छ आजभोली । गृहमन्त्री शाह आफु वाहेक समाजका हरेक अंगलाइ तश्कर देख्न थालेका छन , हरेक पेशाकर्मी उनका नजरमा दलाल र ऐजेण्ट देखिन थालेका छन । पत्रकार उनका आंखाका कसिंगर वनेका छन । कुन पत्रकारले उनका बिषयमा के लेखे थाहा छैन तर हरेक कार्यक्रममा उनी समाजलाइ नकारात्मक सन्देश दिने किसिमले वोल्दै हिंड्न थालेका छन । उनलाइ प्रदेशको गृहमन्त्री भएकोमा संसार बिजय गरेजस्तो लागेको छ सायद । प्रदेशको अवस्था र स्थितिमा उनी गृहमन्त्री भएपछि उन्ले सिन्को समेत भांच्न सकेका छैनन । उनी गृहमन्त्री भएपछि प्रदेशमा ठूला ठूला अपराधिक घटना भएका छन । महिला माथि क्रुर हिंसा वढेको छ , स्वयम उनका अभिब्यक्तिले टीकापुर काण्डपछि शान्त वन्दै गएको जातिय द्वन्द फेरी उकुसमुकसको वातावरणमा अल्झीन थालेको छ । तर गृहमन्त्री शाह भने हरेक ठाउंमा आफ्ना भाषणमा समाजलाइ वांड्ने अभिब्यक्ति दिंदै हिंडेका छन । कुनै कार्यक्रममा उनी थारु पहाडी बिचका सम्वेदनशील बिषयमा जथाभावी वोल्छन भने कुनै कार्यक्रममा पत्रकारलाइ ऐजेण्ट र दलालको संज्ञा दिंदै हिंड्न थालेका छन ।
गृहमन्त्री प्रकासबहादुर शाहको कार्यालय अगाडी रहेको पार्कमा के भइरहेको छ भन्ने सम्मको जानकारी राख्न उनी आवश्यक सम्झींदैनन । उनी त्यो जानकारी राख्न आवश्क ठान्दैनन , उनको कार्यालय छेउछाउमा कस्ता अशान्त गतिबिधि भइरहेका छन ? उनको निवास क्षेत्रमा के भइरहेको छ ? त्यो उनको चासोको बिषय वन्न सक्दैन । प्रदेश मुख्यालय रहेको धनगढीमा के भइरहेको छ ? यो सोच्नमा उनलाइ फुर्सद छैन तर समाजका हरेक अंगलाइ जथाभावी आरोप लगाउदै आफु गृहमन्त्री जस्तो गरिमामय पदमा छु भन्ने कुराको हेक्का समेत छैन उनीलाइ ।
माउण्टेन टिभीको बार्षिकोत्सव कार्यक्रममा जसरी गहृमन्त्रीले पत्रकारलाइ लिएर वोले त्यो उनको अहंकारको चरमोत्कर्ष हो । उनी प्रदेशका गृहमन्त्री हुन उनले चाहे भने भन्सारमा कस्ले तश्करी गरिरहेको छ ? वनमा को को वदमासी गर्दैछन ? यातायातका ऐजेण्ट को हुन ? प्रहरीका ऐजेण्ट को हुन ? दुइ मिनेटमा पत्ता लगाउन सक्छन । उनीमा हिम्मत छ भने अविलम्व यि बिषयमा उनले छानविन गर्न लगाउन र कार्वाही प्रकृया अगाडी वढाउन । एक दुइ जनाका क्रियाकलाप लाइ लिएर सिंगो प्रेस माथि हमला वोल्ने गृहमन्त्री कस्का ऐजेण्ट हुन ? यो खोज्ने काम अव मिडीयाको हो । उनलाइ दुइचार जनाले गरेको गल्तीलाइ लिएर सिंगो प्रेस माथि हमला वोल्ने नैतिक अधिकार छैन । प्रेसले एकदुइजना राजनीतिमा लागेकाहरुले गलत काम गरेको बिषयलाइ लिएर सिंगो राजनीतिकर्मी माथि औंला उठाउन थालेभने त्यो राजनीति गर्नेहरुका लागि होइन कि सिंगो समाज माथि अन्याय गरेका ठहरिन्छ ।
हरेक कालखण्डमा शत्ताधारीवाट नेपाली प्रेसमाथि हमला हुंदै आएको छ । राजाको शासन होस या लोकतन्त्रवादीको शासन कुनै कालखण्ड यस्तो छैन जहां प्रेस माथि हमला नभएको होस । शासनकर्ताको पहिलो निशाना प्रेस हुन्छ किनभने प्रेस जहिले पनि शक्तिको बिपक्षमा हुन्छ , सत्ताको बिपक्षमा हुन्छ । शत्तामा वस्नेहरु , शक्तिमा वस्नेहरुवाट शक्तिको दुरुपयोग हुने धेरै सम्भावना हुन्छ त्यसैले प्रेस शत्ता र शक्तिमा वस्नेहरुका बिषयमा निगरानी गर्छ त्यही निगरानी उनीहरुलाइ सह्य हुंदैन र प्रेसलाइ निसाना वनाउने गर्छन । सम्भवत गृहमन्त्री शाहको नियत पनि यही हुन सक्छ । 
प्रदेशको पहिलो सरकारका गृहमन्त्री मात्र होइनन प्रकासबहादुर शाह उनी एमाले जस्तो जिम्मेवार पार्टीको संसदीय दलको नेता पनि हुन । वर्तमान मन्त्रीमण्डलमा उनी दोस्रो वरियताका मन्त्री हुन, मन्त्रीमण्डल गठन भएपछि धेरैले यो मन्त्रीमण्डलका एकजना जेण्टल नेताका रुपमा शाहलाइ परिभाषित गरेका थिए । जुन परिश्रम र संघर्ष गरेर उनी राजनीतिमा होमिएका हुन त्यो संघर्ष र परिश्रमका बिषयमा जानकारहरुलाइ प्रदेको भविष्य निर्धारणमा उनको ठूलो भूमिका हुन सक्छ भन्ने आशा जागेको थियो । आज पनि वर्तमान मन्त्रीमण्डलका सदस्यहरुमा शाहप्रति धेरैले आशावादी दृष्टिकोण राख्छन तर उनका गतिबिधिले बिस्तारै उनको छवि धुमिल हुंदै गएको छ । 
उनकै मन्त्रालय अस्तब्यस्त छ । उनका कार्यकर्ताका गतिबिधि कस्ता छन ? त्यो अहिले नै लेख्ने हो भने उनी प्रति पूर्वाग्रही भएको मानिएला तर विस्तारै यि सवैकुरा खुल्दै जानेछन ।