Close This

कैलालीमा खुकुरी प्रहारबाट एक जना घाइते

शुक्रबार असोज १७, २०७६/ Friday 10-04-19
Paschim Today

कैलाली : कैलालीको लम्कीमा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन् । शुक्रवार बिहान लम्की चौराहामा लम्किचुहा नगरपालिका २ मोतिपुरका कृष्ण बुढा मगर माथि खुकुरी प्रहार भएको हो ।

घाइते मगरको लम्की स्थित लाल रत्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनको अवस्था खतरा मुक्त रहेको छ। उनको पाखुरामा चोट लागेको छ। तीन जनाको समूहले उनी माथि खुकुरी प्रहार गरेको कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए । ती मध्ये एक जनालाई पक्राउ गरिएको उनले बताए । खुकुरी प्रहार गर्ने लम्कीकै स्थानीय रमेश शाही पक्राउ परेका हुन । अन्य दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।