Close This

चार मुक्तक

शनिबार चैत २४, २०७४/ Saturday 04-07-18
Paschim Today

टेकराज जोशी ।
आकाश उही छ , धर्ति उही छ 
दिन उही छ, रात उही छ ।
किन बदलिन्छ मान्छे को सोच 
हेर्ने आँखा सोच्ने दिमाग उही छ ।

 

साँझ बेचेर मान्छेहरू बिहान किन्दैछन्
हेर पाँच फिट छ इन्चको चिहान किन्दैछन्
हेर तल त पर्नै हुन्न,अहम् जाग्दैछ मान्छेमा 
शिर छेदन गरेर पनि सिरान किन्दैछन् 

 

मेरो मनमा सकिनौ बस्न अरुको मनमा फूल्दै जाउ 
मेरी बन्न सकिनौ  तिमी जति सक्छेउ भुल्दै जाउ 
मायाको बारी उजाड भयो आगो लायौ धोकेबाज 
अरुको फाँटमा लहलह  लहरे  धान झैँ झुल्दै जाउ

 

कसलाई  दोष  दिनु र खै आफ्नै भाग्य  खोटो रैछ 
यात्रा  धेरै लामो थियो तर जीवन  छोटो  रैछ
औशी रात  बनाइ   छाड्यौ  मायाले  मेरो  जिन्दगी 
पराइको काखमा औशिको रातमा जुन बनि रैछ