Close This

 आइपूग्यो नया वर्ष

शनिबार चैत २४, २०७४/ Saturday 04-07-18
Paschim Today

 


राजन आर्चाय ।
समयको चक्र सँगै 
बितिरहेका पल गन्दै 
आइपूग्यो नयाँ वर्ष
फेरी पनि रित उस्तै

मध्य वसन्तमा मख्ख पर्दै
एक नयाँ जोश छदै 
आइपूग्यो नयाँ वर्ष
हेरौ यसले ल्याउँछ कत्तिको हर्ष 

पिडा कतै बिर्साउछकी
भन्ने आश गरौ 
जे होस् आइपूग्यो नयाँ वर्ष
शुभकामना भनौ 

अधुरा हाम्रा कार्यहरु 
पुरा होउन भनि
सबै मिलि एक पल्ट 
शुभकामना बाडौ

दाजुभाई ( दिदिबहिनी 
मिलीजुली बसौँ 
हातमा हात काँधमा काँध
मिलाई अधि बढौ 
भोको पेट ना·ो जिउ 
नहोस् कसैको पनी
काम गर्नेले राम्रै खान 
पाउन अब सधै 

यो नयाँ वर्षमा 
फुलुन् सिर्जनाका 
आवाज उठुन एकताका 
यहि हाम्रो शुभकामना

टुट फुट र बिभाजन हटी 
बन्धन बाधियोस् एकताको 
स्वार्थ सबको हटिकन 
मुल फुटोस् बिकासको 

बिदेशीने दाजुभाई दिदिबहिनी 
रमाउन पाउन स्वदेशमै 
खोजी बाटो नबिन हर्षको 
बाडौ सबले शुभकामना नयाँ वर्षको