Close This

बिदेशमा पहिलो पटक देउडा गितको छायाँकन

शनिबार चैत २४, २०७४/ Saturday 04-07-18
Paschim Today

रमेश भट्टराई, दुबई । 
देउडा सर्जक लक्ष्मण अधिकारीको दोस्रो गित कम्मर लड्काई लड्काई नयाँ वर्षमा बजारमा आउने भएको छ । पहिलो गित दुवईको लाहुर्याको सफलता पछि अधिकारीको दोस्रो गित बजारमा आउन लागेको हो । अधिकारीको आफ्नै शब्द र राजेन्द्र शाह बिपीको लय रहेको यस गितमा चर्चित गायक तथा संगितकार बिनोद बाजुरेली र स्मृति शाहीको स्वर रहेको छ । बैशाख १ गते बजारमा आउन लागेको यस गितको म्युजिक भिडियोको छायाँकन दुबईमा गरिएको छ । बिदेशमा पहिलो पटक देउडा खेल सहित म्युजिक भिडियो छायाँकन गरिएको यो पहिलो देउडा गित हो । सागर परियार तथा लोकराज पाण्डेयको छायाँकन अनि सागर बोहराको निर्देशन रहेको म्युजिक भिडियोमा लक्ष्मण अधिकारी र बिमला महरा गुड्डीको मुख्य अभिनय रहेको छ ।

 सुप समाज युएई तथा प्रवासमा रहेका सुदुरपश्चिमेलीह?को देउडा संस्कृति प्रतिको लगावको उपज यस गितको म्युजिक भिडियो बिदेशी भुमीमा संम्भव भएको अधिकारीको भनाई छ । बिगत ८ वर्ष देखि दुबईमा कार्यरत सर्जक अधिकारी नेपालका पुर्व अन्तराष्टिय कबड्डी खेलाडि पनि हुन ।