यूरो किड्सको वार्षिकोत्सव सम्पन्न

आइतबार चैत २५, २०७४/ Sunday 04-08-18
Paschim Today

पश्चिम टुडे, धनगढी, चैत्र २५ । धनगढीमा रहेको प्रि स्कुल यूरो किड्सको वार्षिकोत्सवका कार्यक्रम शनिवार सम्पन्न भएको छ ।  विद्यालयका म्यानेजिङ डाइरेक्टर मोना शाहीको अध्यक्षतामा भएको कार्यक्रममा सोमराज केसी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै केसीले यूरो किड्सले साना नानीबाबुहरुका भविष्यलाई सुन्दर बनाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विशिष्ट अतिथि रहेका प्राध्यापक लक्ष्मणदत्त भट्टले यूरो किड्स अन्तर्राष्ट्रिय स्कुल रहेको र विश्वभरीमै उत्कृष्ट सूचीमा पर्ने गरेको बताए । यसैगरी, सुदूरपश्चिमाञ्चल एकेडेमीका अध्यक्ष समेत रहेका अर्का विशिष्ट अतिथि योगेन्द्र शाहीले युरो किड्सका शिक्षिकाहरुले निकै मिहिनेत गरेर साना नानीबाबुहरुलाई अक्षर सिकाउने गरेको बताए । कार्यक्रममा यूरो सिनीयर, यूरो जुनियर, नर्सरी र प्ले ग्रुपका विद्यार्थीहरुलाई दिक्षीत समेत गरिएको थियो । विद्यार्थीहरुले नृत्य, नाटक देखाउनुका साथै राइम प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा अभिभावकहरुको सहभागिता रहेको थियो ।