Close This

बाजुरामा स्वास्थ्य बीमा सुरु

सोमबार चैत २६, २०७४/ Monday 04-09-18
Paschim Today

पदम सिंह, बाजुरा२६, चैत्र ।
स्वास्थ्य मन्त्रालयको प्राथमिकता प्राप्त कार्यक्रममा रहेको स्वास्थ्य बीमा कार्यक्रम बाजुरा जिल्लामा आइतवारदेखी सुरु भएको छ । 
जिल्ला स्वास्थ्य कार्यालय बाजुराको समन्वय तथा स्वास्थ्य मन्त्रालयको सहयोगमा बीमा कार्यक्रम लागु गरिएको जिल्ला स्वास्थ कार्यलय बाजुरा प्रमुख डाक्टर रुपचन्द बिश्वकर्माले बताए ।  एक औपचारिक कार्यक्रमकाबीच बीमा कार्यक्रम सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । 
बडिमालिका नगरपालिकाको हलमा कार्यक्रमको आयोजना गरी प्रमुख अतिथिको रुपमा रहेका प्रतिनिधि सभा सदस्य लालबहादुर थापाले बीमा कार्यक्रमको उद्घाटन गरे ।  उनले सबैलाई स्वास्थ्य बीमा गराउनका लागि आग्रह समेत गरे । 
     सामाजिक स्वास्थ्य सुुरक्षा कार्यक्रममा ५ जनासम्मको परिवारले वार्षिक रूपमा प्रति दुई हजार पाँच सय रुपैया तिर्नु पर्नेछ । उक्त परिवारले वार्षिक ५० हजार सम्मको स्वास्थ्य सेवा प्राप्त गर्नेछन । यसैगरी ५ जना भन्दा सदस्य भएमा थपिएका प्रति सदस्य  वाफत ४२५ का दरले थप रकम तिर्नुपर्ने जनाइएको छ । यो कार्यक्रम अन्तर्गत बहिरंग सेवा, एक्सरे, अल्ट्रासाउण्ड, इन्डोस्कोपी, फिजियोथेरापी, आँखा सेवा, मधुमेह, प्रजनन् स्वस्थ्य लगायत २८ वटा प्राप्त गर्न सकिने जिल्ला स्वास्थ्य बीमा प्रदेश न ७ का संयोजक जनक साउँदले  बताए ।
    प्रमुख अतिथि थापाले समस्त नेपालीको स्वास्थ्य स्थितिमा सुधार गर्नु यसको लक्ष्य रहेको उल्लेख गरेका छन् ।