Close This

नेपाल भारत मैत्री संघद्वारा शुभकामना आदान प्रदान

मंगलबार चैत २७, २०७४/ Tuesday 04-10-18
Paschim Today

पश्चिम टुडे, धनगढी, चैत २७ । नयाँ वर्षको अवसरमा नेपाल भारत मैत्री संघ कैलालीको आयोजनामा सोमवार धनगढीमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि आर्थिक मामिला मन्त्री झपट बोहराले प्रदेश नम्बर सातको विकास र समृद्धिका लागि सबैको साथ आवश्यक भएको बताए । मन्त्री बोहराले प्रदेश नम्बर सातको विकास र समृद्धिका लागि पर्यटन,जलस्रोत र उद्योगमा बिशेष जोड दिने बताए ।उनले उद्योगमैत्री नीति ल्याई उद्योग व्यवसायको विकास गर्न प्रदेश सरकार सक्रिय भएको बताए ।
संघका अध्यक्ष हरी शंकर ठाकुरले प्रदेश नम्बर सातको विकास र समृद्धिका लागि संघले सधै सहयोगी भूमिका निर्बाह गर्ने बताए । संघका अध्यक्ष ठाकुरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश सांसद बीरमान चौधरी बिशिष्ट अतिथि रहेका थिए । कार्यक्रमको सञ्चालन सचिव मनराज यादवले गरेका थिए ।