Close This

७ नम्बर प्रदेश मन्त्री परिषद बैठक

नीति तथा कार्यक्रम ल्याउन स्वीकृति

मंगलबार चैत २७, २०७४/ Tuesday 04-10-18
Paschim Today

नीति तथा कार्यक्रम ल्याउन स्वीकृति
पश्चिम टुडे, धनगढी, चैत २७ । सोमवार बसेको ७ नम्बर प्रदेश मन्त्री परिषद बैठकले चालु आर्थिक बर्ष २०७४-०७५ का लागि नीति तथा कार्यक्रमलाई स्वीकृति प्रदान गरेको छ ।प्रदेश सरकारका प्रवत्ता आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले मुख्य मन्त्रीले चैत २८ गते ७ नम्बर प्रदेशको नीति तथा कार्यक्रम सदनमा पेश गर्ने बताए । उनले भने,मन्त्री परिषदले स्वीकृति दिइसकेकाले सम्भव त २८ गते नै निति तथा कार्यक्रम संसदमा पेश हुन्छ ।
यसका साथै प्रदेश नं ७ को सार्वजनिक लिखत प्रमाणित गर्ने कार्यविधी सम्वन्धी बिधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति  दिएको छ । यो कार्यवधी हो सुरुमा नियमावली बाट संचालन हुदै आएको थियो । अब ऐन बनाईने छ । यो प्रदेशमा सुख्खा खडेरी,असिना र चट्याङ्ग जस्ता प्राकृतिक प्रकोप पीडितहरुको तथ्यांक प्रमुख जिल्ला अधिकारीहरु मार्फत संकलन गर्न लगाउने र प्रदेश सरकारले सक्दो सहयोग गर्ने निर्णय गरिएको छ । जिल्ला प्राविधिक कार्यालय खारेजीमा परेकोले सरकारका कार्यक्रम संचालनमा समस्या हुने भन्दै असार मसान्त सम्म यथावत राख्न केन्द्र सरकार संग अनुरोध गर्ने निर्णय समेत मन्त्री परिषदको बैठकले गरेको छ ।