Close This

सनसनीपूर्ण जितले धनगढी डीपीएलको फाइनलमा

संसद शेखले छक्का प्रहार गरेर जिताए

मंगलबार चैत २७, २०७४/ Tuesday 04-10-18
Paschim Today

धनगढी, चैत २७ । काठमाण्डौं गोल्डेन्सको अपराजित यात्रामा ब्रेक लगाउँदै डिफेन्डिङ च्याम्पियन टिम चौराहा धनगढी यहाँ जारी धनगढी प्रिमियर लिगको उपाधि नजिक पुगेको छ । 
    आज सङ्घीय प्रहरी इकाईको मैदानमा भएको क्वालिफायर खेलमा काठमाण्डौं विरुद्ध एक विकेटको नाटकीय जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । यो जितसंगै धनगढीले उद्घाटन खेलमा काठमाण्डौंसंग भएको हारको बद्ला पनि लिएको छ । 
    काठमाण्डौंले दिएको १२८ रनको लक्ष्य पछ्याउने क्रममा अन्तिम एक बल बाँकी रहँदा ९ विकेट गुमाएर धनगढीले लक्ष्य पूरा गरेको हो । अन्तिम दुई बलमा ६ रन आवश्यक भएको बेला पुछारका ब्याट्सम्यान संसद शेखले छक्का प्रहार गरेर घरेलु टिमको समर्थकहरुलाई खुशी बनाए । खेलमा धनगढीका शंकर राना म्यान अफ द म्याच घोषित भइ नगद १० हजार रुपैया पुरस्कार प्राप्त गरेका छन् ।